Nepal Times
Nepal Times
45
Shares

आज नेप्सेमा १७ अंकको गिरावट

आज नेप्सेमा १७ अंकको गिरावट

१६ असोज,काठमाडौं ।
मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।

अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् । आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले घट्न पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.