Nepal Times
Nepal Times
459
Shares

आज सुनको भाउ बढ्दा चाँदी स्थिर

आज सुनको भाउ बढ्दा चाँदी स्थिर

१८ असोज ,काठमाडौं ।

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ।बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.