Nepal Times
Nepal Times
45
Shares

अब एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

अब एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

१८ असोज,काठमाडौं ।

ट्विटरबाट नाम परिवर्तन भएर एक्स बनेको सामाजिक सञ्जालमा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ। द गार्डियनका अनुसार एक्सका मालिक एलन मस्कले बुधबारदेखि सञ्चारमाध्यमहरूले आफ्नो अकाउन्टमा पोष्ट गरेका समाचार लिंकमा शीर्षक नदेखिने बनाएका हुन्।

एक्सको स्वरूपलाई आकर्षक बनाउन शीर्षक नदेखाएर तस्बिरमात्र देखिने गरी अल्गोरिदम सेट गरिएको मस्कले बताएका छन्।अब समाचार सेयर गर्दा त्यसमा प्रयोग भएको तस्बिर देखिने छ र उक्त तस्बिरमा क्लिक गर्दा समाचार खुल्नेछ।

संसारभरि लोकप्रिय रहेको सामाजिक सञ्जाल ट्विटर एक वर्षअघि मस्कले किनेका थिए। त्यसयता उनले नाम फेर्नेदेखि अरू विभिन्न परिवर्तन गरिरहेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.