आज बिहान गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भेटिएको छ ।
दुर्घटनामा हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् ।
दुर्घटनामा डोल्मा आनी जीवीतै भेटिएकी हुन् । उनको उद्दार प्रयास भइरहेको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।