१९ असोज ,काठमाडौं ।
आज विश्व मुस्कान दिवस मनाइँदै छ।हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ। मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो।मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ ।
मुस्कुराइरहुनका धेरै फाइदा रहेको तथा मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्ने मनोविद विजया बिजुक्छेले बताएका छन। उनका अनुसार मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँने र सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुने गर्दछ ।
जस्तै डिप्रेसन, एन्जाइटी तर जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् तब व्यक्तिको तनाब कम हुन्छ तब सुखी र आनन्द बढ्ने र त्यही आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु रहेको मनोविद्हरुको भनाई छ ।