×

NEPAL TIMES UPDATES

Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026

आममाफी बारे संविधान र कानूनमा के लेखिएको छ ?

२१ आश्विन २०८०

२१ असोज, काठमाण्डौ ।
पछिल्लो समय संविधान दिवसको अवसरमा निर्मम आपराधिक मुद्दाका केही अपराधी ठहरिएर कारागारमा रहेकालाई राष्ट्रपतिमार्फत आममाफी दिने चलन सुरु भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसहित अदालतबाट अपराधी ठहरिएका अभियुक्तहरु आममाफीका नाममा रिहा हुँदा पीडित परिवारदेखि सांसद्हरुले सरकारले अपराधीहरुलाई संरक्षण गरिरहेको भन्दै विरोध गरे ।

त्यसलाई नै निरन्तरता दिदै संविधान दिवसको अवसरमा असोज ३ गते चेतन मानन्धरको ज्यान लिइएको प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई पनि आममाफी दिएपछि त्यसको सर्वत्र विरोध भईरहेको छ । चेतनकी पत्नी भारतीले सर्वाेच्चमा यसविरुद्ध रिट दायर गरेपछि अदालतले सरकारका नाममा कारणदेखाउ आदेश दिदै माफीनामाको मिसिल मगाएको छ ।

यद्यपि जनप्रतिनिधिको सार्वजनिक थलो प्रतिनिधिसभामा सरकारको सिफारिस र राष्ट्रपतिले दिएको माफीको हरेक बैठकमा विरोध हुँदै आएको छ । आइतबार मात्रै एमाले, नेकपा एस र राप्रपाका सांसदले आममाफीको विरोध जनाएका छन् । राप्रपाका धवलशमशेर जबराले त राष्ट्रपति सरकार तथा सरकार दलहरुबाट निर्देशित रहेको भन्दै यसैका लागि पनि स्वतन्त्र राजा आवश्यक रहेको बताएका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई माफी दिन सक्ने संवैधानिक अधिकार दिएको छ। राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४को दफा १५९ बमोजिम माफी दिइएको जनाएको छ। संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने संवैधानिक व्यवस्था छ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा १५९ मा भनिएको छ, ‘अदालतको फैसलाबमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुलतबीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने छ।’ अदालतको फैसलाबमोजिमको सजाय पाएको व्यक्तिले सजाय माफीका लागि निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था छ।

गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवेदन दिने सक्ने कानुनी व्यवस्था छ। निवेदन कति उपयुक्त हो ÷होइन विवेक पु¥याउनु पर्ने व्यवस्था अपराध संहितमा छ। निवेदन आवश्यक कारवाहीकोलागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा सो मन्त्रालयले विभिन्न कुराहरूको विचार गर्नुपर्छ।

कसुरको प्रकृति, कसुर गर्दाको अवस्था, कसुरदारको उमेर तथा शारीरिक अवस्था र कसुरदारलाई तोकिएको सजायको हदलगायतका कुराहरूलाई विचार गरी सजाय माफी गर्ने वा कम गर्ने सम्बन्धमा निर्णयका लागि नेपाल सरकार समक्ष पेस गर्न सक्ने कानुनी व्यवस्था रहेको देखिन्छ।

फौजदारी कार्यविधि संहितामा भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको लगायतका कसुरका कसुरदारलाई भएको सजाय माफी गर्ने कारबाही गर्न नसकिने उल्लेख छ। राष्ट्रपतिबाट सम्पादन गरिने कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने नेपालको संविधानमा उल्लेख छ।

माफीको सन्दर्भमा नेपालको संविधानमा भन्दा बढी कुराहरू अपराध कार्यविधिमा उल्लेख छ। संविधानले माफी पाउन सकिने व्यवस्था गर्यो। तर, अपराध कार्यविधिले माफी दिन नसकिने कुराहरू पनि तोकिदिएको छ । संविधानले निषेध नगरेको कुरा ऐनमा उल्लेख भएपछि ऐन बाँझिएको देखिन्छ। यसको अर्थ संविधानबमोजिम जो कसैलाई माफी दिनुपर्छ भन्ने तर्क गर्न मिल्दैन।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top