विराटनगर,भदौ २३
नेपाल फिजियोथेरापी एशोसिएशन ब्रान्च विराटनगरले विविध कार्यक्रमको आयोजना गरी विश्व फिजियोथेरापी दिवस मनाएको छ ।
कार्यक्रममा व्हील चियर रेश, ब्लड डोनेशन, निःशुल्क शिविर, योग लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई अगाडि बढाउने र उनीहरुमा उत्प्रेरणा जगाउने उद्देश्यले गरिएको व्हील चेयर रेश प्रतियोगितामा अनिलकुमार साह प्रथम, अशोक शर्मा द्धितिय , रामकुमार सहनी तृतीय भएका छन् ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामाग्री प्रदर्शनीमा राखिएको थियो ।