×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

गाजालाई इजरेली सेनाले घेर्याे,प्यालेस्टाइनीले राष्ट्रसंघ गुहारे

२३ आश्विन २०८०

२३ असोज, एजेन्सी ।
इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ ।

इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता डेनियल हगारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए ।

Advertisement
Advertisement

हमास समूह विरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेका छन् ।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गरेका हुन् । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ ।

७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् । दुवैतर्फ गरी अहिलेसम्म १५ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र बाँकी प्यालेस्टाइनतर्फ ज्यान गएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ ।

Advertisement

इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएको केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा क्रमश विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गरेको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top