Nepal Times
Nepal Times
207
Shares

अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो

अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो

२३ असोज, काठमाण्डौ ।
मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५५ पैसा पाइन्छ। सोमबार युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा तोकिएको थियो।यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा पाइन्छ।पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ०९ पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा पाइन्छ।मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ २० पैसा तोकिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.