मध्यपूर्वमा चीनले किन पठायो ६ युद्धपोत

६ असोज, एजेन्सी ।
इजरायल र हमासबीचको युद्धका कारण मध्यपूर्वमा विश्वका धेरै शक्तिशाली राष्ट्रहरूको चासो फेरि बढेको छ । रिपोर्टका अनुसार युद्धलाई ध्यानमा राख्दै चीनले मध्यपूर्वमा ६ वटा युद्धपोत तैनाथ गरेको छ । चीनको ४४औं नौसेना एस्कर्ट टास्क फोर्स यस क्षेत्रमा नियमित सञ्चालनमा संलग्न छ । यसले ओमान भ्रमणमा धेरै दिन बिताएको छ ।

Advertisement

पीपुल्स लिबरेशन आर्मी इस्टर्न थिएटरको टास्क फोर्सले ओमानी नौसेनासँगको संयुक्त अभ्यासमा भाग लिएको थियो। त्यसपछि शनिबार मस्कटबाट अज्ञात स्थानतर्फ प्रस्थान गरेको थियो । चीनका छवटा युद्धपोतहरूमा टाइप ०५२डी गाईडेड मिसाइल विनाशक, फ्रिगेट जिङझाउ र एक आपूर्ति जहाज समावेश छ ।

अहिले बढ्दो तनावका कारण उनीहरु मध्यपूर्वमा तैनाथ छन् । भ्रमणका क्रममा चिनियाँ कमाण्डरहरूले ओमानी अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सैन्य संस्थानहरूको भ्रमण गरेका थिए। जबकि दुवै देशका नाविकहरू एकअर्काको जहाजको भ्रमण गरेका छन्। सिन्ह्वा रिपोर्टका अनुसार उनीहरुले सँगै बास्केटबल खेल पनि आयोजना गरेका थिए ।

Advertisement

हमास–इजरायल युद्धका सम्बन्धमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार स्वतन्त्र प्यालेस्टाइनको स्थापना र दुई राज्य समाधान नै आधारभूत मार्ग भएको बताएका थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार सी जिनपिङले पहिलो प्राथमिकता जतिसक्दो चाँडो युद्धविराम गराउनु रहेको बताएका छन् ।

यसले द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न सक्ने उनको विश्वास छ । स्थिति नियन्त्रणबाहिर गयो भने गम्भीर मानवीय संकट आउन सक्ने सीको आकलन छ । अमेरिकाले इजरायललाई सहयोग गर्न आफ्ना दुईवटा विमानवाहक जहाज पठाएपछि चीनले युद्धपोत तैनाथ गरेको हो ।

Advertisement

अमेरिकालाई डर छ कि इरान समर्थित आतंकवादीहरू पनि यो युद्धमा सामेल हुन सक्छन्। खाडीमा युद्ध नबढोस् भनेर अमेरिकाले आफ्नो शक्ति बढाइरहेको छ । गत हप्ता युद्धपोत र लडाकु विमानहरू यस क्षेत्रमा पठाएको छ । यसबाहेक अमेरिकाले २४ घण्टाभित्र जुनसुकै बेला तैनाथ हुने गरी २ हजार सैनिकलाई अलर्टमा राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top