अमेरिकामा बन्दुकधारी शन्कीहरुको बिगबिगी /२२ जना ठहरै

९ कार्तिक ,एजेन्सी ।
अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ५० जनाभन्दा बढी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ ।

Advertisement

यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन । प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ । उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ । सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ ।

बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर निनस्कन समेत आग्रह गरिरहेको छ । त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ ।

Advertisement

राज्य प्रहरीले आफ्नो बुलेटिनमा मुख्य आरोपी रोबर्ट कार्डलाई मेन राज्यको अमेरिकी सेना रिजर्भ ट्रेनिङ सेन्टरमा हतियार प्रशिक्षकको रूपमा तालिम दिएको बताएको छ। मुख्य अभियुक्त, रोबर्ट कार्ड २०२३ को गर्मीमा दुई हप्ताको लागि एक मानसिक स्वास्थ्य सुविधामा उपस्थित हुने तालिका थियो । बुलेटिनमा भनिएको छ । यद्यपि विज्ञप्तिमा उनको उपचार वा अवस्थाबारे कुनै जानकारी दिइएको छैन।

अमेरिकामा बन्दुकधारीले पटक पटक सर्वसाधारण तथा स्कुले बालबालिकाहरुलाई समेत निशाना बनाउँदै आएका छन् । उमेर नपुगेका किशोरहरुले समेत अन्धाधुन्द बन्दुक चलाउँदा उनीहरुका आफन्त तथा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । पछिल्लो पटक अमेरिकी सरकारले बन्दुक हिंसा कम गर्ने उद्देश्यले संघीय कानुन ‘बाइपार्टिसन सेफर कम्युनिटिज एक्ट’ ल्यायो ।

Advertisement

३० वर्षयता अमेरिकाले पहिलोपटक बन्दुक हिंसा कम गर्न संघीय कानुन ल्याएको थियो । तर अदालतले बन्दुकलाई पूर्ण बन्देज गर्न रोक लगाएको छ । अमेरिकामा बन्दुक हिंसाका घटना बढ्ने क्रम रोकिने गतिमा छैन । तथ्यांक हेर्दा अमेरिकामा हरेक वर्ष बन्दुक हिंसा बढिरहेको देखिन्छ ।

सन् २०२२ मा मात्र अमेरिकामा ६४७ पटक भिड लक्षित कोलीकाण्ड भएको थियो । त्यसबाहेक व्यक्तिगत रिसिबीको हत्या, आत्महत्यामा बन्दुको प्रयोग अनगिन्ती छन् । त्यसवर्ष बन्दुकबाट अमेरिकामा ४४ हजार ३२२ जना मारिए । यसको अर्थ अमेरिकामा गत वर्ष दैनिक १२१ जना बन्दुक हिंसाबाट मारिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top