×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

दुई पटक हारेको यूएईले नेपाललाई पछार्याे

१० कार्तिक २०८०

१० कार्तिक, काठमाण्डौ ।
आयोजक नेपालसँग दुई पटक पराजित भएपछि फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।

Advertisement
Advertisement

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८÷३ थियो । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए ।

रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् । सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे । यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २–२ विकेट रह्यो । नेपालको यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्ष्य भने अधुरै रहेको छ ।

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको थियो । यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो ।

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज खेलेको हो।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top