हमासका कारण कतारी राजा शेखको नेपाल भ्रमण स्थगित

१३ कार्तिक, एजेन्सी ।
कतारका राजा अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने बताइएको छ । यसअघि नेपाली कांग्रेसले शनिवार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतारी शेख नेपाल आउने जानकारी गराएका थिए ।

कतारी राजा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण लगत्तै नेपाल आउने विषय नेपालको कूटनीतिक सफलता भएको समेत प्रधानमन्त्रीको जिकिर गरेका थिए । नेपाल र कतारबिच वैदेशिक लगानी, आयात र निर्यात तथा श्रम गन्तव्यका रूपमा आर्थिक सम्बन्ध कायम छ । कतार नेपालीहरूको प्रमुख वैदेशिक रोजगारको मुख्य गन्तव्य मध्येको एकको रूपमा रहेको छ ।

यद्यपी मित्रराष्ट्र भएर पनि कतारबाट नेपालले वैदेशिक रोजगारको मुख्य मध्येको एक गन्तव्य बाहेकको अन्य आर्थिक लाभ लिन सकेको छैन । रोजगारतर्फ भने नेपालबाट करिब ३ लाख नेपाली कतार पुगेको अनुमानित तथ्याङ्क छ, जसबाट वर्षेनी अर्बौँ रेमिट्न्यास आप्रवाह भइरहेको छ । यस्तै, कतार एयरवेजले नेपालमा सबैभन्दा धेरै उडान भर्दै आइरहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार तथ्याङ्कमा चालू आर्थिक वर्ष २०८०÷८१ को तीन महिनाको अवधिमा कतारबाट ४७ करोड १० लाख रुपैयाँको वस्तु आयात भएको छ । जबकि, सोही समयमा नेपालबाट जम्मा ४ करोड ७९ लाख रुपैयाँको निर्यात भएको छ ।

यसअनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारसँगको व्यापारमा नेपाललाई ४२ करोड ३० लाख रुपैयाँ घाटा छ । कतारबाट नेपालमा पेट्रोलियम बिटुमिन, रेयर ग्यास, युरिया, ब्यूटी सामग्री, प्लास्टिक, लत्ताकपडा, कच्चा सुन लगायतका वस्तु आयात हुन्छ । नेपालबाट भने तरकारी, फलफूल, पास्ता, दालमोट, चाउचाउ, पापड, लत्ताकपडा, गार्मेन्ट लगायतका वस्तु निर्यात हुने गरेको देखिन्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top