Nepal Times
Nepal Times
99
Shares

नेपालले खोल्यो विश्वकपको ढोका

नेपालले खोल्यो विश्वकपको ढोका

१७ कार्तिक,काठमाण्डौ ।
नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । आज यूएईलाई शानदार रुपमा ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपको ढोका खोलेको हो । आज भएको सेमिफाइनलमा घरेलु मैदान मुलपानीमा पाएको १३५ रनको लक्ष्य नेपाललले मात्र २ विकेटको क्षतिमा १७ दशमलव १ बलमा सहजै पूरा गर्याे ।

विश्वकप छनोट एसियामा अन्तिम फाइनलमा पुग्ने दुई टिम सोझै फाइनलमा पुग्ने भएकाले नेपालले आजको जितपछि फाइनलमा स्थान बनाउँदै विश्वकपमा आफ्नो सिट सुरक्षित बनाएको हो । नेपालको जितका लागि आसिफ शेखले महत्वपूर्ण अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्काको मद्धतमा नटआउट ६४ रन जोडे ।

यस्तै कप्तान रोहित पौडेलले नटआउट ३५ रन जोडे । उनले ३ चौका र एक छक्का प्रहार गरे। यस्तै गुल्सन झाले २२ रनको महत्वपूर्ण योगदान गरे भने कुशल भुर्तेलले ११ रन बनाए । बलिङ तर्फ कुशल मल्लले सर्वाधिक ३ र सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। एनले उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। नेपालले यसअघि पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो। त्यसयता नेपालले यसअघि पनि यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेर आफ्नो क्षमता देखाइसकेको छ ।

अब नेपालले आफ्नो क्षमता आगामी वर्ष सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा देखाउने छ । उपाधिका लागि भने अब नेपालले बहराइन र ओमानको विजेतासँग आइतबार खेल्नेछ । विश्वकपमा भने वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् ।

२०२२ को टी–२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् । टी–२० विश्वकपपछि वरीयतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि सीधै आगामी संस्करणमा स्थान सुरक्षित गरेका छन् ।

त्यसपछि आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी र क्यानडाले टी–२० विश्वकप रिजन क्वालिफायर्सबाट टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले पनि विश्वकपमा स्थान बनाउनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.