म्यानचेस्टर सिटी सबैभन्दा धनी क्लब

म्यानचेस्टर सिटी सबैभन्दा धनी क्लब

३० कार्तिक, एजेन्सी ।
गत सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले ‘रेकर्ड’ स्तरमा नाफा कमाएको छ । सो क्लबले सन् २०२३ को जुन महिनासम्म ७१२.८ मिलियन पाउण्ड (१ अर्ब १७ अर्ब रुपैयाँ बढी) राजस्व संकलन गरेको हो । म्यानचेस्टर सिटी एफसी लिमिटेडको वार्षिक रिपोर्ट अनुसार गत सिजन भन्दा क्लबको नाफा १६.३ प्रतिशतले बढेको हो ।

क्ल्बको ‘रिकर्ड नेट प्रोफिट’ ८०.४ मिलियन पाउण्ड (१३ अर्ब २७ करोड रुपैयाँ भन्दा बढी) रहेको छ । ‘सन् २०२२–२३ को सिजनले म्यानचेस्टर सिटीलाई नयाँ उचाई र आयाममा पु¥याएको छ,’ सिटीका अध्यक्ष खालदुन अल मुबारकले भने । गत वर्षभन्दा कमर्सियल, म्याच डे र ब्रोडकास्टिङ राजस्वमा उल्लेख्य वृद्धि भएको सिटीले जनाएको छ ।

सिटीले कमर्सियल राजस्वबाट ३४१.४ मिलियन पाउण्ड (५६ अर्ब रुपैयाँ बढी), ब्रोडकास्टिङबाट २९९.४ मिलियन पाउण्ड (४९ अर्ब रुपैयाँभन्दा बढी) र म्याच डेबाट ७१.९ मिलियन पाउण्ड (११ अर्ब रुपैयाँभन्दा बढी) कमाएको छ । गत वर्ष सिटीको नाफा ४१.७ मिलियन पाउण्ड (६ खर्ब ८८ करोड रुपैयाँ बढी) थियो ।

यसो वर्ष सिटीको नाफा ८०.४ मिलियन पाउण्ड (१३ अर्ब २७ करोड रुपैयाँ बढी) पुगेको हो । म्याच डेको राजस्वमा ३२ प्रतिशतले वृद्धि भएको पाइएको छ । सिटीको खेल हुँदा इथियाद स्टेडियमकको अकुपेन्सी रेट ९९ प्रतिशत भएको जनाइएको छ। ब्रोडकास्टिङ राजस्व गत वर्षभन्दा २०.२ प्रतिशितले बढेको छ ।

क्लबले च्याम्पियन्स लिग जितेको र एफए कप फाइनल पुगेका कारण यो वृद्धि भएको हो । सिटी हाल विश्वमै मोस्ट भ्यालुएबल फुटबल ब्रान्ड हो । ब्रान्ड फाइनान्स फुटबल ५० लिस्टका अनुसार सिटीको ब्रान्ड भ्यालु १.५१ बिलियन पाउण्ड (२ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी) रहेको छ।

लालिगाको रियल म्याड्रिडको ब्रान्ड भ्यालु १.४६ बिलियन पाउण्ड (१ अर्ब ४१ अर्ब रुपैयाँ भन्दा बढी) छ भने म्यानचेस्टर युनाइटेडको ब्रान्ड भ्यालु १.३६ बिलियन पाउण्ड (१ खर्ब २४ अर्ब रुपैयाँ भन्दा बढी) छ । सन् २०१८ पछि पहिलोपटक इंग्लिस क्लब ‘नम्बर वान स्पट’मा पुगेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.