×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको आर्थिक वृद्धि ३ वर्षमा १० प्रतिशत पुग्ने, औद्योगिक क्षेत्रको विस्तार १५ प्रतिशत हुने

२४ भाद्र २०७५

काठमाडौं,भदौ २४

आउँदो ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने भएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष ०७७/०७८ मा आर्थिक वृद्धि ९.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा ९.१ प्रतिशत हुने अनुमान गरिएको योजना आयोगका सचिव लक्ष्मण अर्यालले बताए ।

Advertisement
Advertisement

संघीय संसदको अर्थ समितिको आइतबारको बैठकमा उनले चालु आर्थिक वर्षमा ७.९ प्रतिशत आर्थिक वृद्धि हुने जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले जानकारी दिए । सो अवधिमा गैरकृषि मध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने उनको भनाई छ ।

यस्तै मुद्रास्फिती दर ६.५ प्रतिशत हुने अनुमान सरकारको छ । गरिवीको रेखामुनी रहेको जनसंख्या १३ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यो वर्ष १७ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ ।

यस्तै सरकारले लिएको दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी वार्षिक १८ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने सचिव अर्यालले जानकारी दिए ।

यस्तै सन् २०२२ सम्म ७५३ स्थानीय तहमा ऊर्जा र स्वास्थ्य सेवा पुर्याउने र सोही वर्ष विकाशशील मुलुकमा स्तरोन्नोती हुने, सन २०३० सम्म मध्यम आय भएको मुलुकको स्तरमा नेपाललाई पुर्याउने सरकारको लक्ष्य छ । यस्तै यो लक्ष्य पुरा गर्न २ खर्ब १६ खर्ब चाहिने उनले बताए ।

Advertisement

यस्तै आगामी आर्थिक वर्ष ०७६÷०७७ मा कृषि क्षेत्रको ५.१ गैरकृषि क्षेत्रको १०.४ प्रतिशत वृद्धि हुने अनुमान छ । गैरकृषि मध्ये उद्योगको १६.१ र सेवाको ८.८ प्रतिशतले विस्तार हुने छ । चालु आर्थिक वर्षमा कृषिको ४.८ र गैरकृषिको ८.९ प्रतिशत हुने छ । उद्योग १२.२ र सेवा ७.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top