दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ

११ मंसिर ८०, मंगलबार

१२ मंसिर, काठमाण्डौ ।
’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्। सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताएका छन् ।

Advertisement

उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्। दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताएका छन् । प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको उनले बताए।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई गौशलाबाटै पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए। गौशलाको प्रर्दशनमा उनले गणतन्त्रको विपक्ष र राजतन्त्र र हिन्दुराष्ट्रका पक्षमा भड्काउ अभिब्यक्ति दिएका थिए । सो क्रममा गौशलामा प्रहरीसँग दुई पटक झडप समेत भएको थियो ।

Advertisement

सोही क्रममा प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा छन्।

उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको प्रहरीले बताएको छ। यसअघि मंसिर ८ गतेपनि प्रहरीले तिनकुने क्षेत्रबाट प्रसाईका समर्थकहरुलाई पक्राउ गरेको थियो । मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।

Advertisement

सोमबारपनि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top