सुनको भाउमा आज फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम

११ मंसिर ८०, मंगलबार

१२ मंसिर,काठमाण्डौ ।
नेपाली बजारमा आज (मंगलबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Advertisement

उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी होअघिल्लो दिन अर्थात् सोमबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top