आज नेप्सेमा २.१७ अंकको गिरावट

११ मंसिर ८०, मंगलबार

१२ मंसिर ,काठमाडौं ।

Advertisement

मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ। यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रूपैयाँमा सीमित भएको छ।

यस दिन २९० वटा धितोपत्रको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९४ रूपैयाँ ८० पैसा पुगेको छ।यस्तै, मन्दाकिनी हाइड्रोपावको सेयर मूल्य ८.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रूपैयाँ पुगेको छ।

Advertisement

सेयर मूल्य सर्वाधिक घट्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५५ रूपैयाँमा झरेको छ।यस्तै, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६१ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ३०१ रूपैयाँ २० पैसामा ८ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५८ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ।

Advertisement

उक्त कम्पनीको प्रतिकित्ता ४२९ रूपैयाँमा ६ करोड ५८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३।३३ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top