केन्यामा बाढीले ७० जनालाई बगायो / भारतमा दर्जनौमाथि चट्याङ खस्यो

१२ मंसिर,एजेन्सी ।
केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गरेका छन् । जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताएका छन् ।

देशैभर परेको वर्षाका कारण ३६ हजार १६० घरधुरी विस्थापित भएको रुटोले बताएका छन् । वर्षाका कारण देशमा आपतकालीन अवस्था सिर्जना भएको उनको भनाइ छ । उत्तरी केन्यामा सडकहरू ध्वस्त भएका छन्। यता छिमेकी मुलुक भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका इन्डिपेन्डेन्टले लेखेको छ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए पनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन ।

Advertisement

भारी वर्षा र चट्याङका कारण २४ जनाको मृत्यु भएको र २३ जना घाइते भएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ७१ वटा जनावर पनि मारिएका छन् । गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top