दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै

१२ मंसिर, एजेन्सी ।
विश्वको सर्वाधिक जनसंख्या भएको चीन तथा अर्काे एसियाली पावर हाउस जापानले समेत युवा शक्ति र घट्दो जनसंख्याको समस्या झेलिरहेको अवस्थामा दक्षिण कोरियामा समेत आगामी ३० वर्षमा युवाहरुको अभाव हुने देखिएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अपेक्षा गरिएको छ।

तथ्यांक कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कूल जनसंख्याको २० दशलमव चार प्रतिशत अर्थात् एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको संख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो संख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ।

सन् २०५० मा कूल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात् एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्या तीव्र रूपमा बढ्दो जनसंख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यून स्तरमा पुगेको छ ।

Advertisement

कूल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्र रूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ ।

कूल युवा महिलाहरूमा आर्थिक रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ ।आर्थिक रूपमा सक्रिय युवा पुरुषको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top