प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’

११ मंसिर ८०, मंगलबार

१२ मंसिर, काठमाण्डौ ।
हिन्दी भाषामा समेत डब गरेर पहिलो पटक भारतसहित विश्वका विभिन्न देशहरुमा प्रर्दशन गरिएको नेपालको सफल चलचित्र प्रेम गीत ३ का मुख्य अभिनेता प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।

टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरमा फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । जगलतष्लन ष्क जगलतभच ष्क ाबतब ि शिकार भनेको शिकारी हो भन्ने सन्देश दिएको छ। टिजरमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।

Advertisement

‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो फिल्म मूलतः हिन्दी भाषामा बन्ने र दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् ।

सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् । फिल्ममा नायिका र अन्य कलाकार भने तय गर्न बाँकी रहेको र भारतमा चाँडै छायांकन सुरु गरिने बताइएको छ । आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ ।

यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘प्रेमगीत–३’ को हिन्दी डब भारतमा रिलिज भएपछि सोका वितरक सुवास कालेले प्रदिपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए । ‘प्रेमगीत–३’ पछि बलिउडमा समेत प्रदीपको प्रशंसा भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top