आज नेप्सेमा १८.०६ अंकको गिरावट

१३ मंसिर ८०, बिहीबार

१५मंसिर, काठमाण्डौ ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेको छ।यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ।यस दिन २८९ वटा धितोपत्रको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार रूरू जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७५० रूपैयाँ पुगेको छ।यस्तै, एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य ३.८७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ १३ पैसा पुगेको छ।

Advertisement

बिहीबार तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।सेयर मूल्य घट्नेमा विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी हाइड्रोपावर रहेको छ।यी कम्पनीहरूको सेयर मूल्य क्रमशः ५९१ रूपैयाँ ३० पैसा, ५८९ रूपैयाँ ५० पैसा र ३०४ रूपैयाँ २० पैसामा सीमित भएको छ।

बिहीबार नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४२३ रूपैयाँमा ११ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २९३ रूपैयाँमा ८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Advertisement

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।११ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १।७३ प्रतिशतले घटेको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top