१५ मंसिर,एजेन्सी ।
अमेरिकाले आफ्नो भूमीमा एक सिख पृथकतावादी नेता जो अमेरिकी नागरिक पनि हुन् उनको हत्याको प्रयासमा एकजना भारतीयको नाम सार्वजनिक गरेको छ । निखिल गुप्ता नाम भएका एक भारतीय नागरिकमाथि उसले आरोप लगाएको छ । निखिलले एक भाडाको हत्यारालाई एक लाख डलर नगद दिएर ती शिख नेताको हत्या गर्ने कन्ट्रयाक्ट दिएका थिए ।
अभियोगअनुसार जो हिटम्यानलाई हत्याको काम दिइएको थियो, ति वास्तवमा अमेरिकी गुप्तर एजेंसीकै अंडरकवर एजेन्ट रहेका थिए । उनैले निखिल गुप्ताको सबै गतिविधिहरु र कुराकानी रेकर्ड गरे र त्यसैको आधारमा मुद्या दायर गरिएको हो । निखिल गुप्ता स्वयं भने यतिबेला चेक गणराज्यको जेलमा छन् ।
उनीमाथि जे आरोप लागेको छ सो अन्तर्गत उनलाई २० वर्षको जेल सजाय हुन सक्छ । निखिल गुप्तालाई एक भारतीय अधिकारीले निर्देशित गरिरहेको आरोप छ । अभियोगमा भारतीय अधिकारीको नाम भने छैन । तर भारतीय मिडियामा आएका रिपोर्टअनुसार निशानामा अधिवक्ता तथा सिख पृथकतावादी नेता गुरपतवंत सिंह पन्नू छन् ।
गुरपतवंत सिंह पन्नू भारतमा घोषित ‘आतंकवादी’ हुन् । व्हाइट हाउसको भनाई छ कि अमेरिकाले हत्याको यो मामिलाई शीर्ष स्तरमा भारतसामू उठाउने छ । पैसा दिएर हत्या गराउने यो मामिलाले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि चिन्तित बनाएको छ ।
बाइडेनले अमेरिकाका शीर्ष गुप्तचर अधिकारीहरु, सीआईएका निर्देशक विलियम बर्न्स र नेशनल इंटेलिजेंसका निर्देशक एभरिल हेन्सलाई भारतीय अधिकारिहरुसंग कुरा गर्नका लागि भारत पठाएका थिए । यी आरोपहरुबारे भारत सरकारले पनि यसको जाँच गरिने बताएको छ ।
यस्तै यसबारे भारतीय विदेश मंत्रालयले पनि आफ्नो धारणा राखेको छ । उसले भनेको छ कि अमेरिकाको अदालतमा अभियोग भारतीय अधिकारीविरुद्ध लगाइएको छैन ।
भारतलाई अमेरिकाबाट के इनपुट प्राप्त भएको छ त्यसको जानकारी सार्वजनिक गर्न सकिदैन । विदेश मंत्रालयका प्रवक्ता अरिंदम बागचीले भन्छन्, “हत्याका लागि पैसा दिने मानिस भारतीय अधिकारीहरुबाट संचालित भन्ने आरोप चिन्ताको विषय हो ।