भारतको आर्थिक वृद्धि ७.६ प्रतिशत, नेपालको कति ?

१४ मंसिर ८०, शुक्रबार

१५ मंसिर,एजेन्सी ।
नेपालको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अवस्थामा पुगेको भारत फेरि एकपटक तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुक बनेको छ । भारतमा सन् २०२३ को दोस्रो त्रैमासिकमा ७.६ प्रतिशतको आर्थिक वृद्धि भएको छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले दोस्रो त्रैमासिकको लागि जीडीपी ६.५ प्रतिशत हुने अनुमान गरेको थियो तर, वास्तविक तथ्याङ्कले अनुमानभन्दा बढी वृद्धि भएको देखाएको बीबीसी हिन्दीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अप्रिलदेखि जुनसम्मको कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशत रहेको थियो ।

कोरोना महामारीपछि चीनको अर्थतन्त्र सुस्त हुँदा भारतमा भने आर्थिक वृद्धि उच्च देखिएको छ । जुलाई–सेप्टेम्बरमा भारतको जीडीपी दरले चीनको ४.९ प्रतिशत जीडीपी दरलाई पनि उछिनेको छ । तथ्याङ्क सार्वजनिक भएपछि अर्थ मन्त्रालयले एक्स(ट्वीटर)मा लेखेको छ– ’आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७.६ प्रतिशत थियो ।

Advertisement

जुन विज्ञहरूको औसत अनुमान ६.८ प्रतिशतभन्दा बढी मात्र होइन, विज्ञहरूले गरेको अधिकतम ७.४ प्रतिशत अनुमानभन्दा पनि बढी हो । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान आर्थिक वृद्धिले भारतको अर्थतन्त्रको बल देखाएको बताएका छन् । गत त्रैमासमा सरकारी खर्च १२.४ प्रतिशतले बढेको छ । जुन गत वर्षको तुलनामा ०.७ प्रतिशतले कम हो ।

नेपालको अर्थतन्त्र समस्याग्रस्त भइरहेकै बेला भारतको अर्थतन्त्रमा सुधार भएको र ऐतिहासिक उचाईतर्फ अगाडि बढेको छ । समाचारअनुसार पहिलोपटक भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई पार गरेको छ । योसँगै विश्वकै सबैभन्दा चौथो ठूलो अर्थतन्त्र बन्ने दिशातर्फ भारत निकै नजिक रहेको समेत समाचारमा दाबी गरिएको छ ।

Advertisement

विश्वभरका विभिन्न अर्थतन्त्रहरुको जीडीपी लाइभलाई हेर्दा भारतले १८ नोभेम्बरमै ४ ट्रिलियन डलर उचाई पार गरिसकेको थियो । हाल चौथो ठूलो अर्थतन्त्रको रुपमा जर्मनी रहेको छ । उसको जीडीपीको साइज ४.२६० ट्रिलियन डलर रहेको छ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७८÷७९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहेको थियो । आगामी आव ०८०÷८१ (सन् ०२३÷२४) मा नेपालको आर्थिक वृद्धिदर थप खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैंकको भनाइ छ । चालू आवमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ । गत आवमा यो क्षेत्रको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । यसैगरी, आगामी आव ०२३÷२४ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top