×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

के दुर्गा प्रसाईंको अभियान तुहिएको हो ?

१५ मंसिर २०८०

१५ मंसिर, काठमाण्डौ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् । गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ थियो ।

भक्तपुरमा शुक्रवार आयोजित कार्यक्रममा प्रसाईंले मंसिर ७ गते काठमाडौंबाट शुरू भएको आन्दोलन अब गाउँगाउँबाट उठ्ने बताएका हुन् । ‘कतिपयले प्रसाईंको आन्दोलन तुहियो भने । आज भक्तपुरको यो सभा म्यासेज हो, गाउँ–गाउँबाट आन्दोलन उठ्छ, यो रोकिँदैन,’ उनले भने ।

प्रसाईंले राज्यले अत्याचार गरे पनि आफूले आफ्नो ऋण मिनाहाको कुरा नगरेको बताए । ‘मैले ५ हजार करोडको सम्पत्ति धितो राखेर ऋण लिएको हो । कलेज चलाउन नदिँदा पनि मैले ऋण तिरिरहेको छु । मेरो अभियान गरिबलाई ऋणमुक्त गराउने हो,’ प्रसाईंले भनेका छन् ।

यता कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले भने वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताएका छन् । काठमाडौंमा आयो जित एक कार्यक्रममा उनले यो शासन प्रणालीको विकल्प नरहेको बताए ।

वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताए ।उनले गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको बताएका छन् ।

यसैबीच प्रसाईले ऋण मिनाहाको अभियान चलाईरहदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए सूचना दिन आग्रह गरेका छन् । उनले उद्योगी व्यवसायीहरुले बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनासो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने प्रतिबद्धता जनाए ।

अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रूपैयाँ व्यवसायीलाई फिर्ता गराएको उनले जानकारीसमेत दिए । गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यकरूपमा अराजकता फैलाउनेका लागि प्रोत्साहन मिल्ने बताएका छन् ।

ठूला व्यवसायीले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको उनको दाबी छ । आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीलाई व्यक्तिगत रूपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको उनले टिप्पणी गरेका छन् ।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top