नेपाल क्रिकेटको विश्वकप यात्राको श्रीगणेश नेपालबाटै हुने

१४ मंसिर ८०, शुक्रबार

१५ मंसिर, काठमाण्डौ ।
नेपालले आगामी वर्ष २०२४ को फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको हो । काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ । लिग टूको यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ । यो संस्करणमा ८ टीम नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ । नेदरल्यान्ड्सले यसै पटकदेखि लिग–२ नै खेल्ने भएको हो ।

नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो । लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता वा विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन ।

आईसिसीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ । यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए ।

यो लिग–२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सामाजिक सञ्जालमार्फत अर्को वर्षको फेब्रुअरीमा लिग–२ अन्तर्गतको श्रृंखला आयोजना गर्ने जनाएको हो । पछिल्लो समय नेपाली क्रिकेटले आशातित सफलता हात पार्दै आएको छ ।नेपालले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने २० राष्ट्रको सहभागिता रहने टि २० विश्वकप समेत खेल्दैछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top