रणवीरको ’एनिमल’ले तहल्का मच्चायो,’सामबहादुर’ फिक्का

१६ मंसिर ८०, आइतबार

१७ मंसिर,एजेन्सी ।
बलिउडका सुपरस्टार ऋषि कपुरका छोरा रणवीर कपुर पछिल्लो एक चलचित्रका कारण सुपरस्टारको श्रेणीमा उक्लिएका छन् । भारतीय संचारमाध्यामका अनुशार शुक्रबारदेखि प्रर्दशनमा आएको उनको बहुप्रतिक्षित चलचित्र एनिमलले पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले रेकर्ड बनाएको छ ।

Advertisement

यो फिल्म रणवीरको करियरको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले रणवीरलाई सुपरस्टारको ट्याग त लगाइदिएको छ नै यो उनको करियरको सबैभन्दा ठूलो फिल्म बन्ने बाटोमा पनि रहेको समीकक्षहरुले टिप्पणी गरेका छन् । एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज रहेको थियो ।

फिल्मले क्रिटिक्सहरुबाट मिश्रित प्रतिक्रिया पाइरहेको भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबारदेखि एड्भान्स बूकिङ कम भए पनि शनिबार फिल्मले शानदार कमाइ गरेको देखिन्छ । स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो दिन अर्थात् शनिबार फिल्मले ६६ करोड भारु कलेक्सन गरेको छ ।

Advertisement

शुक्रबार र शनिबार गरेर फिल्मले १ अर्ब भारु भन्दा धेरै कमाएको छ । दुई दिनमा फिल्मको कमाई १ अर्ब ३० करोड भारु छ । यो फिल्मको धमाकेदार सफलतासँगै रणवीर एलिट लिस्टका हिस्सा बनेका छन् । शाहरुख खानको पठान र जवान, सलमान खानको टाइगर ३, यशको केजीएफ २ मात्रै अहिलेसम्म २ दिनमा १ अर्ब भारु कलेक्सन गर्ने फिल्म हुन् ।

रणवीरको एनिमले २ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बनेको छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आइतार झन विदाको दिन यसले लोभलाग्दो कमाई गर्ने अनुमान लगाउन सकिन्छ । आगामी दिनमा एनिमलले बनाउने रेकर्डका बारेमा भने प्रतिक्षा नै गर्नुपर्नेछ ।

Advertisement

यो फिल्मका लागि नेपालका सफल चर्चित अभिनेता विपिन कार्कीलाई पनि अफर गरिएको थियो । उनको पहिलो बलिउड फिल्म एनिमल बन्ने ब्यापक चर्चा समेत थियो । तर अन्त्यमा यस चलचित्रमा विपिन अटाउन सकेनन् । यस्तै गत शुक्रबारदेखि ’एनिमल’सँगै प्रर्दशनमा आएको विक्की कौशल अभिनीत फिल्म ’सामबहादुर’ को प्रर्दशन भने औसत रहेको छ ।

बक्स अफिसमा रणवीर कपूरको ’एनिमल’ ले आक्रामक कमाइ गरिरहँदा विक्की कौशलको फिल्म ’सामबहादुर’ ले औसत कमाइ गरिहेको छ। ’सामबहादुर’ ले दुई दिनमा १५ करोड २५ लाख भारू मात्रै कमाएको छ। ६ करोड २५ लाखमा ओपनिङ गरेको फिल्म ’सामबहादुर’ ले दोस्रो दिन ९ करोड भारू कमाएको हो।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ’एनिमल’ मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनकी श्रीमतीको भूमिकामा देखिएका छन्। फिल्ममा बावु र छोराको सम्बन्धको कथा देखाइएको छ।

उता मेघना गुल्जारले निर्देशन गरेको फिल्म ’सामबहादुर’ मा विक्कीसँगै सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ। फिल्मको कथा भवानी ऐय्यर, शान्तनु श्रीवास्तव र मेघना गुलजारले मिलेर तयार पारेका हुन्। फिल्ममा सन् १९७१ को भारत–पाकिस्तानको युद्धको परिवेशलाई देखाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top