×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

प्रचण्डसंग सल्लाहकार नै असन्तुष्ट, गजुरेलले दिए राजीनामा

२५ मंसिर २०८०

२५ मंसिर,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समेत जोडेर हेरिरहेका बेला राजनीतिक सल्लाहाकार बाहिरिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएका हुन् ।

उनी मन्त्री सहरको सेवा सुविधा तथा वरियतामा रहने गरी राजनीतिक सल्लाहकारको भूमिकामा थिए । उनले सल्लाहाकारका रुपमा आफ्नो भूमिका नभएको र प्रधानमन्त्री दाहाल परिवारवादमा फसेको भन्दै पद छाडेको दाबी गरिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा रहेकी पुत्री गंगा नै सर्वेसर्वा हुने र प्रधानमन्त्री त्यसकै घेराबाट बाहिर निस्कन नसकेको गजुरेलको गुनासो छ । त्यस्तै उनले आफ्नो गृह जिल्लाको राजनीतिक गतिविधिमा आफूलाई बाइपास गरेको बताउँदै आएका थिए ।

पार्टीका केही नेता उनलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने पक्षमा छन् । प्रचण्ड निकटले भने उनी पार्टी काममा व्यस्त हुनु परेकाले राजीनामा दिएको दाबी गरेका छन् । यसैबीच प्रधानमन्त्री पुत्री गंगा दाहालको आदेशमा आफ्नो व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हटाइएको सांसद अमेरशकुमार सिंहले आरोप लगाएका छन् ।

सिंहले गृह मन्त्रालयबाट नभइ सिधै प्रधानमन्त्री निजी सचिवालयको आदेशमा आफ्नो सुरक्षा हटाइएको दाबी गरेका हुन् । सांसद सिंहका अनुसार, गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि यसबारे उनले सोधपुछ गरेका थिए। गृहमन्त्रीले सुरक्षाकर्मी हटाउनेबारे कुनै औपचारिक निर्णय नगरेको र हटाइएकोबारे आफूलाई जानकारी समेत नभएको बताएको सांसद सिंहको भनाइ छ ।

सांसद सिंहले आइतबार बिहान प्रधानमन्त्री पुत्री दाहालले व्यापारीसँग कुन मामिलामा कति रकम बुझेको भन्ने सबै प्रमाण आफूसँग सुरक्षित रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका थिए । केही समययता सांसद सिंह सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भने सांसद अमरेश कुमार सिंहले सरकारको पूर्णता पाएसँगै बार्गेनिङ सुरू गरेको दाबी गरेको छ । सचिवालयका तर्फबाट एक विज्ञप्ति जारी गर्दै सचिवालयले यस्तो दाबी गरेको हो ।

सिंहले प्रधानमन्त्री पुत्री गंगा दाहालका विषयमा सामाजिक सञ्जालमा राखेका धारणापछि सचिवालयको यस्तो टिप्पणी आएको हो । सांसद सिंह नेपाली कांगेस छाडेर सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top