×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कुन बैंकले कति दिँदै छन् ब्याज ?

१ पुष २०८०

१ पुस ,काठमाण्डौ ।

लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन । खासगरी मुद्दती निक्षेपको ब्याजदरमा बैंकहरूले कटौती गर्न सुरु गरेका छन । बैंकहरूले पुसका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले यस्तो देखाएको हो । नयाँ दरअनुसार प्राइम कमर्सियल बैंकबाहेक सबै बैंकको ब्याजदर एकल अंकमा कायम भएको छ ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्ममा कुल निक्षेप संकलन ५९ खर्ब ८९ अर्ब पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५२ खर्ब ९८ अर्ब छ । कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब पुगेकोमा वाणिज्य बैंकमार्फत ४४ खर्ब १४ अर्बको कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ८०.५ प्रतिशत कायम छ । बैंकहरूले शनिबार प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत कायम गरेका छन ।

समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको छ । पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन । जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । एनआईसी एसिया बैंकको मुद्दती निक्षेप ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ ।

संस्थागततर्फ अधिकतम ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशत ब्याजदर कायम गरेको छ । एनएमबी बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले संस्थागततर्फको मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज कायम गरेको छ ।

माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपतर्फ १०.६० प्रतिशत ब्याजदरलाई घटाएर ९.६० प्रतिशतमा झारेको छ । बैंकले संस्थागत तर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकिएको छ । कुमारी बैंकले व्यक्तिगत तर्फको अधिकतम मुद्दती निक्षेप १०.०१ प्रतिशत ब्याजदरलाई घटाएर ९.३१ प्रतिशतमा झारेको हो ।

बैंक संस्थागत तर्फ अधिकतम ७.३१ प्रतिशत ब्याजदर तोकेको छ । स्टयाडर्ड चाटर्ड बैंकले मुद्दती निक्षेप ब्याजदर ८.५६ प्रतिशत तोकेको छ भने, संंस्थागत तर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । कृषि विकास बैंकले ९.५१ प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.०१ प्रतिशतमा झारेको छ ।

बैंकले व्यक्तिगततर्फ अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले ९.९५ प्रतिशत अधिकतम मुद्दती निक्षेपको ब्याजदरलाई ९.३५ प्रतिशतमा झारेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैकले संस्थागत तर्फको अधिकतम ब्याज ६ प्रतिशत कायम गरेको छ । ग्लोबल आइएमई बैंकले अधिकतम ९.६० प्रतिशत मुद्दती निक्षेप ब्याज घटाए ८.६० प्रतिशतमा कायम गरेको छ ।

व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.६ प्रतिशत ब्याजदर दिने भएको छ । हिमालयन बैंकले सबैभन्दा बढी २ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत तर्फको अधिकतम १०.६० प्रतिशत ब्याजदर २ प्रतिशतले घटाएर ८.६० प्रतिशत कायम गरेको छ ।

त्यस्तै संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याज कायम गरेको छ । लक्ष्मीसनराइज बैंकले व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । नबिल बैंक पुसमा मुद्दती निक्षेपको व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राईम कमर्सियल बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ । नेपाल बैंकले पनि पुस महिनामा व्यक्तिगततर्फ अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५५ प्रतिशत ब्याज तोकेको छ ।

नेपाल इनभेष्टमेन्ट मेघा बैंकले ९.५१ प्रतिशत ब्याजदर ९.५० प्रतिशतमा झारेको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल एसबीआई बैंकले अधिकतम १०.६० प्रतिशत मुद्दती निक्षेपको ब्याजदर ९.६० प्रतिशतमा झारेको छ ।

सिद्धार्थ बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.२२ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले मंसिर महिनाकै व्यक्तिगततर्फको अधिकतम ९ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । प्रभु बैंकले पनि मंसिर महिनाकै व्यक्तिगततर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top