NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?

सोमवार पुस २ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२ पुष, विराटनगर ।

वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको भन्ने विषयले अहिले सामाजिक संजाल निकै तताएको छ । र यस्तो दाबी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको हो । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० का अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो ।

जिफन्टले आर्थिक वर्ष ०७७÷७८ को तुलनामा ०७८÷७९ मा २७७ प्रतिशत र ०७९÷८० मा ३०० प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाएको छ । आ.व. ०७७÷७८ मा ४२.२४ प्रतिशत र आ.व. ०७८÷७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकामा ०७९÷८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ ।

आ.व. ०७७÷७८ को तुलनामा (एक लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आ.व. ०७९÷८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले सात लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले जनाए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको पनि धारणा राखे ।

‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ । त्योभित्र स्किल लेभरहरुको संख्या बढ्दो छ । यो नयाँ ट्रेन हो । असुरक्षित क्षेत्रमा श्रमीकहरु प्रवेश गर्दै गरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्यांकहरु पनि छन् । असुरक्षित ढंगले श्रमीकहरु विदेशिँदै जाँदा यदी युद्ध भयो भने नेपाली श्रमिकहरु युद्धमा पनि सहभागी हुने हुन् कि भन्ने संकेत देखिन्छ,’ उनले भने, ‘श्रमिकहरुको संख्या विदेशिने क्रम बढेको छ । सीप भएका श्रमिकहरु विदेशिएका छन् । जुन प्रतिशतमा विदेशमा श्रमिकहरुको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौं ।’

उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरुले कमाएको नेपालमा आउनुपर्ने रकम नेपालमा किन आएन ? भन्ने प्रश्नसमेत गरे ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन् । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा उनले यस्तो दाबी गरेका हुन् ।

‘रोजगार नपाएर विकास नभएर नेपाली युवाहरू विदेश जान लर्को लागेको छ भन्ने कुरा आंशिक सत्य मात्र हो’, उनले भने, ‘विकास नभएर रोजगारी नभएर भनेर मात्र यो रोकिने वाला छैन।’ प्रधानमन्त्री दाहालले रोजगार र विकास नभएर विदेश गएको भाष्य आफूले नस्विकार्ने बताए । ‘यो पुरै विल्कुल सत्य होइन । रोजगार र विकास नभएर हाम्रो पढे लेखेका, युवा विदेश गएका हुन भन्ने म स्विकार्दिन’, उनले भने । प्रधानमन्त्री दाहालले पश्चिम नेपालको भ्रमणको समयको उदाहरण दिँदै भने, ‘घरमै बसेर महिनाको ७० हजार तलब पाइरहेकाहरू पनि बिदेसिएका छन्।’ उनले ‘विदेश पलायन’लाई फेसनका रूपमा व्याख्या गरे । ‘भएको जमिन बाँझो राख्ने, तल्लो स्तर श्रम गर्न बाँकी नराख्ने?’, प्रधानमन्त्री दाहालले भनेका छन् ।

यता तथ्यांकले भने कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । नेपाल ट्रेड युनियन महासंघको प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ । रेमिट्यान्स आप्रवाह भने समीक्षा अवधिमा २७ प्रतिशत मात्रै बढेको तथ्यांक छ ।

आव ०७९÷८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आव ०७७÷७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८÷७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । बिदेसिने कामदार बढे पनि रेमिट्यान्स नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने जिफन्टले जनाएको छ ।

दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि रेमिट्यान्सको अनुपात नबढेको जिफन्टको जिफन्टका उपाध्यक्ष जनक चौधरीले बताएका छन् ।यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ । रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली कामदार मोडिन थालेको महासंघको प्रतिवेदनमा उल्लेख छ ।

विभागको तथ्यांकअनुसार गत आव ०७९÷८० मा १४ हजार दुई सय २५ नेपाली कामदार रोमानिया गए । आव ०७८÷७९ मा सात हजार चार सय ७४ र आव ०७७÷७८ मा दुई हजार ९९ जना रोमानिया पुगेको तथ्यांक छ । त्यस्तै, युरोपियन मुलुकमध्ये नेपाली कामदारको रोजाइमा दोस्रो परेको मुलुक क्रोएसिया हो ।

आव ०७९÷८० मा सात हजार चार सय ४१ जना नेपाली कामदार गएको तथ्यांक छ । आव ०७८÷७९ मा पाँच हजार तीन सय ४४, आव ०७७÷७८ मा भने एक हजार ९४ जना नेपाली कामदार गएको देखिन्छ । आव ०७९÷८० माल्टा जानेको संख्या ६ हजार तीन सय तीन छ ।

आव ०७८÷७९ मा एक हजार नौ सय १५, आव ०७७÷७८ मा भने तीन सय १५ जना गएका थिए । यसका साथै आव ०७९÷८० मा पाँच हजार तीन सय १७ जना साइप्रस, पाँच हजार एक सय १२ जना पोल्यान्ड, दुई हजार दुई सय ६४ जना बेलायत गएको तथ्यांकले देखाउँछ ।

आव ०७८÷७९ मा भने चार हजार एक सय ८१ जना साइप्रस, एक हजार आठ सय ५५ र दुई हजार आठ सय १४ जना बेलायत गए । आव ०७७÷७८ मा भने एक हजार दुई सय ५५ जना साइप्रस, सात सय पाँचजना पोल्यान्ड र तीन सय १७ जना बेलायत पुगेका छन ।

वैदेशिक रोजगरीको सुखद पक्ष अर्थोपार्जन हो । जसले परिवार र देशकै अर्थतन्त्रलाई टेवा दिइरहेको छ, चलायमान बनाएको छ । तर रोजगारीका लागि विदेश गएकाहरुले त्यहाँ पाएको कष्ट, पीडा र झंझट कहाली लाग्दो छ । धन कमाउन गएकाहरु कफिनमा फर्किएर आउने गरेको दृश्टान्त अति नै दुखद पक्ष हो । जिफन्टमा मात्रै आएका उजुरीहरु हेर्ने हो भने पनि पछिल्लो आठ महिनामा दुई सय तीनजना पीडितले यस्ता उजुरी दिएका छन ।

यस्ता उजुरीमध्ये रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बढी छन । त्यस्तै, बिरामी भई काम गर्न नसक्दा कम्पनीले उपचार नगरेका कारण उपचारकै लागि उद्धार गर्नुपरेको, सम्झौताअनुसार काम र तलब नपाएको, मृतकको शव नेपाल भिकाउन नसकेको, क्षतिपूर्ति नपाएको, जेलमा परेको श्रमिकको उद्धार नभएको गुनासो आउने गरेको छ ।

साथै, परिवारसँग भेट्टाइदिन र अलपत्र परेको श्रमिकको उद्धार गरिदिन भन्दै उजुरी पर्ने गरेको छ । यसैगरी धन कमाउन गएकाहरु परदेशमै मृत्युवरण गर्नु परेका दुखद खबरहरु पनि बेलाबेला आउने गरेका छन् । यसक्रकमा १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये १२ हजार ३८ जनाले ज्यान गुमाएका छन । महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन सय सातजना महिला र ११ हजार सात सय ३१ जना पुरुषले विदेशी भूमिमा ज्यान गुमाएका छन ।

तथ्यांकअनुसार सन् २०२२÷२३ मा मात्रै एक हजार दुई सय ७३ जनाले ज्यान गुमाएका छन । सबैभन्दा बढी २०२१÷२३ मा एक हजार चार सय ७९ जनाले विदेशी भूमिमा ज्यान गुमाए । वैदेशिक रोजगारीका यी सबै पक्षबारे प्रधानमन्त्री जानकार छन् कि छैनन् ? के नेपाली युवा रहरले मात्रै विदेसिएका हुन् ?

तपाइँका प्रतिक्रिया पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला  ।

Tags: #रेमिट्यान्स#रेमिट्यान्स हरायो

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.