साउदीमा ६ नेपाली फालिएको खाना खान बाध्य

१ पुस ८०, सोमबार

२ पुस,विराटनगर ।
परिवारको जिम्मेवार र बेरोजगारीले थलिएपछि २ वर्ष अघि वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका ६ नेपाली पछिल्लो २ महिनादेखि अलपत्र गरेका छन् । काठमाडौंको सिनामंगलस्थित जेजे ह्युमन रिर्सोसेस म्यानपावर कम्पनीबाट २ वर्ष अघि साउदी गएका खोटाङका सुमन बुढाथोकी, सर्लाहीका इन्डल मण्डल, गुल्मीका अमर बगाले मगर , उदयपुरका सुनिल मगर, सोलुखुम्बुका बुद्धिकुमार बिक र काठमाडौका टिकाराज तामाङ काम गर्दै गरेको कम्पनी नै तलव समेत नदिइकन बन्द भएपछि अहिले अलपत्र बनेका हुन् ।

सुरुवातमा उनीहरुले सम्झौता वमोजिम कै कम्पनीमा गएर काम गरेका थिए । पारिश्रमिक र सेवा सुविधा पनि तोकिए वमोजिम नै रहेको थियो । तर भिसाको समयावधि सकिएर घर फर्किने बेलामा काम गर्दै आएको कम्पनी बन्द भएपछि सो कम्पनीका साहुजीकै समन्वयमा अर्काे कम्पनीमा गएका ६ नेपालीहरु अहिले काम गर्दै गरेको दोस्रो कम्पनी पनि बन्द भएपछि अलपत्र परेका छन् ।

पहिले काम गरेको रियादमा रहेको अलिस्टा लन्च रेस्टुरेन्ट साहुले अर्काे कम्पनीलाई बेचेपछि उनीहरु साहुजीकै आग्रहमा खोबरमा रहेको अर्काे कम्पनी लिडो कफी ग्यालरीमा काम गर्न गएका थिए । तर त्याहा लगातार २ महिना काम गर्दा पनि उनीहरुले कम्पनीबाट पाउनु पर्ने कुनै पनि पारिश्रमिक पाएनन् ।

Advertisement

उल्टै कम्पनी समेत अर्कैलाई बेचिसकेको र साहु पनि सम्पर्कमा नआएपछि अहिले आफूहरु कम्पनीले नै दिएको एउटा कोठामा जसोतसो बसिरहेको खोटाङबाट साउदी पुगेका बुढाथोकीले बताए । उनले भएको केही पैसा यसअघि नै घर पठाइसकेको र काम गरेको पैसा पहिलाको कम्पनी र पछिल्लो नयाँ कम्पनीमा नै बाँकी रहेकाले आफूहरु बाहिर फालिएको खाना टिपेर खानुपर्ने अवस्थासम्म आईपुगेको बताएका छन् ।

पहिलो कम्पनीबाट ३० हजार रियाल लिन बाँकी रहेको छ भने दोस्रो कम्पनीबाट ४३ हजार रियाल पारिश्रमिक दिन बाँकी रहेको उनले जानकारी दिएका छन् । काठमाडौंबाट साउदी गएका टिकाराजले नेपाल टाइम्ससँग भने सम्झौता वमोजिम २ महिना बाँकी नै रहेको अवस्थामा घर फर्किनु भन्दा साहुजीले नै आफूहरुलाई अर्काे कम्पनीमा पठाएपछि काम गर्न गएपनि अहिले दुवै साहुजी नै सम्पर्कमा नआएपछि आफूहरु विचल्लीमा परेको बताए ।

उनले आफूहरुले सहयोगका लागि दूतावासमा सम्पर्कको प्रयास गरेपनि सम्पर्क हुन् नसकेको बताएका छन् । खोबरको कफी ग्यालरी बन्द भएपछि आफूहरुसहित बंगलादेश, पाकिस्तानका गरी अन्य ३५ जनाजति कामदारहरु समेत अलपत्र परेको उनीहरुले बताएका छन् ।

अलपत्र परेका मध्ये ४ जनाको भिसाको अवधि ४५ दिन अघि नै सकिएको छ भने २ जनाको २० दिन बाँकी रहेको छ। उनीहरुले आफूहरुलाई जेजसरी भएपनि स्वदेश फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् । यसरी ६ जना नेपाली अलपत्र परेको विषयमा हामीले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा अहिलेसम्म आफूहरुसँग यस्तो निवेदन नआएको दूतावासले जानकारी दिएको छ ।

दूतावासको श्रम डेस्कका श्रम काउन्सिलर देबेन्द्र कार्कीले अलपत्र परेको गुनासो आए दूतावासले तत्कालै उद्धारका लागि पहल गर्ने बताएका छन् । उनले अलपत्र परेका नेपालीहरुलाई दूतावासमा कुनैपनि माध्यामबाट सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top