×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

अस्ट्रेलियामा विष बन्यो काठको हिटरबाट निस्कने धुवाँ ,चीनमा वायु प्रदूषण ‘झनै खराब’

७ पुष,एजेन्सी । 

चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको एक अध्ययनले देखाएको छ स्वतन्त्र अनुसन्धान संगठन सेन्टर फर रिसर्च अन् इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को अध्ययनमा भनिएको छ, ‘सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पीएम २.५ स्तर वार्षिक रूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो।’

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पीएम २.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुन सक्छ । यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

‘प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसिर्जित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ’, सीआरआईएले भनेको छ । राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए । यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो ।

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो । चीनले दर्जनौं कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो । उता अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक बर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा वार्षिक ११ देखि ६३ जनाको काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्य हुने गरेको उल्लेख गरेको छ । अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ ।

अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ्य वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताएका छन् । उनका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ ।

स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उनको भनाइ छ । अनुसन्धानका अनुसार वायु प्रदूषणको अतिरिक्त, काठको हिटरहरूले कार्बन डाइअक्साइड, मिथेनलगायतका ग्यास उत्पादन गरी जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गर्दछ ।

राजधानी क्यानबेरा र यसका वरपरका शहरहरू हेर्ने स्थानीय सरकारले अगस्टमा सन् २०४५ सम्ममा सबै काठ हिटरहरू विस्थापन गर्ने योजना घोषणा गरेको छ । अनुसन्धान हेल राष्ट्रिय अनुसन्धान सञ्जाल तथा तस्मानिया विश्वविद्यालयको सुरक्षित हावासँगको सहकार्यमा गरिएको थियो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top