हेर्दाहेर्दैमा रहेको सन्दीपको मुद्दामा बुधबार फैसला हुने

९ पुष , विराटनगर ।

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अब बुधबार सुनुवाइ हुने भएको छ । सो मुद्या आइतबार हेर्दाहेर्दैमा परेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो । हेर्दाहेर्दैमा रहेको मुद्दा सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा भएकाले बुधबार मात्रै सुनुवाइ हुने भएको हो ।

अब बुधबार बाँकी सुनुवाइ सकिएमा त्यसै दिन फैसला आउन सक्ने बताइएको छ । डेढ वर्षदेखि विचाराधीन मुद्दा कहिले हेर्न नभ्याइने, कहिले हेर्न नमिल्नेमा पर्दै, कहिले स्थगित हुँदै आएको छ । यसकारण मुद्दा टुंग्याउन ढिलासुस्ती गरेको आरोप अदालतमाथि लागेको छ ।

Advertisement

सर्वोच्च अदालतले जबर्जस्ती करणीसम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अर्थात् प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको छ । तर पनि यो मुद्दा लम्बिँदै गएको छ । २०७९ कात्तिकमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो ।

जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ गरिरहेको टिप्पणी हुन थालेको छ । आइतबार अन्तिम बहसका लागि दैनिक पेसीमा चढेको मुद्दामा सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

Advertisement

यसअघि मंसिर २४ मा पेसी चढेको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीहरूले स्थगित गरेका थिए । पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्तादेखि बसाइसराईसम्मको माग्ने आदेश गरिसकेको छ । हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top