Nepal Times
Nepal Times
3
Shares

केएमसीमा फोक्सोमा जमेको पीप विना अप्रेशन कसरी निकालियो ?

केएमसीमा फोक्सोमा जमेको पीप  विना अप्रेशन कसरी निकालियो ?

१० पुष , एजेन्सी ।
काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ । यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए ।

उनले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताए । उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए ।

अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने उनले बताए । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनियापछि पिप जम्ने समस्या भएको थियो । त्यसले फोक्सो फुल्न नसक्ने भएकाले त्यो पिप क्लियर गर्नुपर्ने थियो । पिप क्लियर गरेन भने त्यो फोक्सो पछि पनि फुक्न पाउँदैन । त्यसमा समस्या आउँछ र पछि गएर फोक्सो नै निकाल्नुपर्ने हुनसक्छ । हामीले उसको केसमा भ्याच भन्ने अप्रेशन ग¥यौँ । अन्य केसमा छाति नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने हुन्थ्यो, घाउ पाक्ने हुन्थ्यो यसबाट त्यस्तो गाह्रो हुँदैन । प्रविधिको विकास नहुँदा पहिला यस्ता बिरामी अन्यत्र पनि पठाउनुपर्ने थियो । हामी पछिल्लो समय लागिरहेका थियौँ । अहिले काठमाडौं मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलव भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसावले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएको यो प्रविधि राम्रो हो ।’

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताए । उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताएका छन्। यस भन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.