विराट एक्सपो आज सकिदै, के छ अन्तिम दिन ?

१६ पुष ,विराटनगर ।
विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ को अन्तिम दिन आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत स्वरुप आज सोमबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा गायकहरु सुशान्त क्षेत्री, प्र्रवलदिप विश्वास, द म्युजिकल म्याजिक अफ उर्गेन डोङ र रागा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ।

एक्सपोमा आइतबार गायक वाङ्देन शेर्पा , डिजे तामा साथै इन्डिया बेस्ट डान्सर ३ का विजेता सर्मपण लामाको को प्रस्तुती रहेको थियो । मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो ।

संघले २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले अन्तिम दिन त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन् ।प्रवेश शुल्क एक सय तोकिएको एक्स्पोमा उल्लेखीय संख्यामा अवलोकनकर्ताहरु आईरहेको आयोजकले जनाएको छ ।

मेलामा १४ करोडको कारोबार भएको आयोजकले जनाएको छ । मेलामा २ लाख ५० हजारले अवलोकन भ्रमण गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top