×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

तीन महिनामा गाजामा के भयो ? इजरेली सेना के गर्दैछ ?

२२ पुष २०८०

२२ पुष,विराटनगर ।

गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासी घातक आक्रमण गरेपछि हमास र इजरायलबीच सुरु भएको युद्धको आज तीन महिना पूरा भएको छ । यो युद्धमा अहिलेसम्म १० नेपालीसहित २२ हजार ७०० बढिले ज्यान गुमाइसकेका छन्।

Advertisement
Advertisement

यस्तै अझै पनि हमासको कब्जामा रहेका नेपालका विपिन जोशीसहित १३२ जनाको अवस्था अज्ञात छ । बीचमा अस्थायी युद्धविरामका बेला केही बन्धकहरु रिहा भएका थिए । गाजाक्षेत्रमा इजरायलले जसरी युद्ध जारी राखेको छ यसलाई धेरैले नरसंहार भन्दै युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

यूएन लगायतले युद्ध रोक्न इजरायललाई दबाब बढाएको छ । दक्षिण अफ्रिका त इजरायल विरुद्ध अन्तराष्ट्रिय न्यायालय पुगिसकेको छ। तर इजरायल टसको मस भएको छैन् । बरु उसले यो युद्ध लामो समयसम्म जान सक्ने बताउँदै हमासको नाम मिटाइछाड्ने अठोट लिएको छ ।

यसक्रममा इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको पनि जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ ।इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले शनिबार मिडियाहरुसँग भनेका छन्, ‘उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको छ ।

प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा मात्र केही क्षेत्रमा काम गरिरहेका छन् ।’ हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको हो । यस्तै ड्यानियलले अब गाजाको मध्य र दक्षिणी क्षेत्रमा सैन्य अभियान सुरु हुने र त्यो फरक तरिकाको हुने बताएका छन् ।

उनले भने, ‘मध्य गाजा क्षेत्रको शरणार्थी शिविर आतंकवादीहरुबाट भरिएको छ । दक्षिणमा खान युनिसमा भूमिगत सुरुङको सन्जाल छ । यसलाई समाप्त पार्न समय लाग्छ । हामी यसलाई अलग तरिकाबाट गर्ने छौं ।’

गत शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा इजरायलका लागि फेरि कहिल्यै खतरा नबनोस् भन्दै हमासलाई समाप्त पार्दै हमासको नियन्त्रणमा रहेका सबैलाई सुरक्षित तरिकाले मुक्त गराउन आफ्ना सेनालाई निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘जबसम्म हाम्रो लक्ष्य हासिल हुँदैन, तबसम्म युद्ध रोकिँदैन ।’

चौतर्फी दबावकाबीच इजरायली नेताहरुको यस्तो स्पष्ट र दृढ प्रतिबद्धता साथै मैदानमा उसको भीषण आक्रमण हेर्दा वास्तवमै इजरायलले लक्ष्य पुरा नगरी विश्राम नलिने नै देखिन्छ । यसैपनि सैन्य मामिलामा इजरायल विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूचीमा आउँछ ।

यसको गुप्तचर एजेंसी विश्वको शीर्ष एजेन्सिहरुमा एक रहेको छ । यद्यपी यस्तो शक्ति र दक्षताका बावजुद हमासले ७ अक्टुबरमा इजरायलमा हमला गरेर सबैलाई चकित बनाइदिएको थियो । तर अहिले इजरायलले गाजालाई चिहानघर बनाइदिएको छ ।

यद्यपी अझै पनि उसले संकल्प लिएजस्तै हमासका शीर्ष नेताहरुलाई भेटाउन सकेको छैन । युद्ध थालेको तीन महिना भयो तर इजरायलको हातमा हमासका मुख्य नेताहरु आउँन सकेका छैनन ।

खासमा हमासका मुख्य ५ शीर्ष नेतालाई इजरायलले खोजिरहेको छ । यी ती नेताहरु हुन् जो इजरायलको हात लागे हमासको ढाड भाँचिने छ । जस मध्येका एक हुन् याह्या सिनवार ।

याह्या सिनवार हमासका शीर्ष नेता हुन् । उनी ७ अक्टुबरमा इजरायलमा भएको हमलाको मास्टरमाइण्ड हुन् । उनलाई गाजाका सबैभन्दा शक्तिशाली नेता मानिन्छ । सिनवार इजरायलको कैदमा पनि रहेका थिए र झण्डै २४ वर्ष जेलमा विताएका थिए ।

एक इजरायली सेना गिलाद शालितको बदलामा इजरायलको जेलबाट एक हजार २७ प्यालेस्टाइनी रिहा हुँदा याह्या सिनवार पनि तिनमा सामेल थिए । अहिले तिनै सिनवार इजरायलका लागि टाउको दुखाई बनेका छन् ।

अर्का नेता हुन्, इस्माइल हानियेह । उनी हमासका पोलिटव्युरोका प्रमुख हुन् । उनले पनि कयौं वर्ष इजरायलमा एक मिस्त्रीका रुपमा काम गरेका थिए ।

हमासका संस्थापक शेख अहमद यासीनका निजी सहायकका रुपमा पनि इस्माइल हानियेहले काम गरिसकेका छन् । सन १९९२ मा उनी लेबनान गएका थिए । तरपछि गाजामै फर्किए ।

उनी गाजामा रियल एस्टेटको क्षेत्रमा एक प्रमुख नाम हुन् । यस्तै हमाका अर्का प्रमुख नेता हुन्, मोहम्मद दाएफ ।मोहम्मद दाएफ हमासको सैन्य बलका प्रमुख हुन् । जसलाई कयौं आत्मघाती हमलाहरुको मास्टरमाइण्ड मानिन्छ ।

हमासको रकेट आक्रमणहरु र गाजामा सुरुङहरुको संजाल निर्माणमा पनि मोहम्मद दाएफको नै धेरै हात रहेको विश्वास गरिन्छ । इजरायलको मोस्ट वान्टेड लिस्टमा दाएफ शीर्ष स्थानमा छन् ।

इजरायलले सात चोटी दाएफमाथि आक्रमण गरेको थियो तर हरेक पटक उनी बच्न सफल भएका छन् । यस्तै इजरायलको टाउको दुखाई बनेका हमासका अर्का नेता हुन्, मारवान इस्सा ।

उनी मोहम्मद दाएफका डिपुटी हुन् र हमासको सैन्य ईकाईमा नम्बर दुईमा पर्छन् । के मानिन्छ भने, मारवान इस्सा बास्केटबल प्लेयर थिए र इजरायलले पक्राउ गरेपछि उनी हमाससंग जोडिएका हुन् ।

उनी पनि इजरायली सैनिक गिलाद शालितको बदलामा छुटेका थिए । खासमा सो सट्टपट्टाका लागि उनकै भूमिका अहम रहेको थियो । यस्तै हमासका अर्का शीर्ष नेता हुन्, मोहम्मद सिनवार ।

मोहम्मद सिनवार हमास प्रमुख याह्या सिनवारका भाइ हुन् । उनी हमासको खान यूनिस ब्रिगेडका प्रमुख हुन् । इजरायलले उनलाई पनि कयौं पटक पक्राउ गर्ने प्रयास गरेको थियो, तर अहिलेसम्म सफल हुन सकेको छैन ।

हमासका यी पाँच शीर्ष नेताहरु इजरायलको हात नलागुन्जेल यो युद्ध सकिने देखिदैन । यसैबीच यता इजरायलमै नेतान्याहुको राजीनामा माग गरिएको छ । अझै पनि हमासको कब्जामा रहेका बन्धकहरुलाई रिहा नगरिएको भन्दै प्रदर्शन जारी छ ।

इजरायलमै रहेका उनीहरुका आफन्तहरुले यसको विरोधमा नेतन्याहू सरकारलाई हटाउनु पर्ने माग गरेका छन् । साथै युद्ध अन्त्य गर्न पनि माग गरेका छन् । मीडिया रिपोर्टका अनुसार, इजरायलका प्रमुख शहर तेल अवीवकोे होस्टेज स्क्वायरमा बन्धकहरुका हजारौं समर्थकहरुले शनिबार पनि प्रदर्शन गरेका थिए ।

यसक्रममा प्रदर्शनकारिहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । यस्तोमा स्वयं इजरायली अधिकारीहरुले बताएजस्तो हमाससंगको युद्ध निकै लामो समयसम्म जान सक्ने अवस्थाका बीच नेतान्याहु सरकारविरुद्ध इजरायलमै बढ्दै गएको आक्रोशबारे तपाइँका टिप्पणी के छन् ।

के इजरायल हमासका शीर्ष ५ नेताहरुसम्म पुग्न सक्ला ? आफ्ना विचार अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top