तल्लो मोदी जलविद्युत आयोजनाले कात्तिक दोस्रो साताबाट विद्युत उत्पादन गर्ने

२५ भदौ ७५, मंगलबार

काठमाडौँ,भदौ २६
पर्वतको मोदी खोलामा निर्माणधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाले आगामी कात्तिक दोस्रो साताबाट विद्युत उत्पादन गर्ने भएको छ । भदौ अन्तिम साताबाट व्यवसायीक उत्पादन सुरु गर्ने भनिए पनि विद्युतगृहमा उपकरण जडान तथा स्वीचयार्ड निर्माणको काम पूरा नभएकाले अवधि सरेको इन्जिनियर दीपेन्द्र मगजुले बताए । उनका अनुसार उपकरण जडान तथा स्वीचयार्डको काम सम्पन्न गरेर आयोजनाको परीक्षण सुरु गरिने भएको छ ।

वर्षाका कारण पहिरो खसेर पेनस्टक पाइप राख्ने स्थानमा पानी जमेका कारण काममा ढिलाई भएको उनको भनाई छ । पहिरोले क्षति पुर्याएको पेनस्टक पाइप मर्मत गरेर जडानको तयारी भइरहेको छ । आयोजनाको बाँकी काम पूरा गरेर अबको डेढ महिनामा विद्युत उत्पादन सुरु गर्ने प्रवद्र्धक मोदी इनर्जी कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत मोदी सबस्टेसनमा जाड्न आवश्यक ४.२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ जनाईएको छ । आयोजनाले बार्षिक ११७.९९ गिगाबाट घण्टा विद्युत उत्पादन गर्नेछ ।२०६९ सालबाट निर्माण शुरु भएको आयोजना पूरा हुँदा ४ अर्ब ६२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०७४ साउनबाट विद्युत उत्पादन गर्ने तालिकासहित निर्माण अघि बढाइएको यो आयोजनाको सुरुङमा देखिएको समस्याका कारण अवधि लम्बिँदा पूरा हुन १५ महिना ढिला भएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top