एआई चस्माबाट मान्छे चिन्ने भइन मेनुका

१५ माघ, एजेन्सी ।
नेपालकी मेनुका पौडेल इन्डियन आइडलका कारण अहिले चर्चामा छिन् । उनले सो प्रतिस्पर्धामा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी छिन् । गायकीमा मात्रै होइन मेनुकाले आफ्नो दृष्टिविहिनतालाई समेत केही हदसम्म परास्त गरेकी छिन् । उनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

जो अबदेखि उनको आँखा बन्ने छ । इन्डियन आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए ।

चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिए । चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो । चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँनेछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ ।

चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् । चस्मा लगाएपछि मेनुकाअघि जज कुमार सानु आएका थिए । त्यसपछि एआईजडित चस्माले अंगेजी भाषामा ’कुमार सानु अघि उभिएका छन’ भनेको थियो ।

उनले अक्षयसमेत चिनेकी थिइन् । त्यसपछि डाक्टरले उक्त चस्माको विशेषताबारे जानकारी दिएका थिए । मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यवाद दिइन् ।’मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन । जो तपाईंहरुले दिनुभयो । यसका लागि धेरै धेरै धन्यवाद! मजस्तै अन्य थुप्रै हुनुहुन्छ । जसलाई म मद्दत गर्न सकुँ’, उनले भनेकी छन् ।

मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन् । उनलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ । उनले प्रभास स्टारर फिल्म सलारका लागि गीत समेत गाइसकेकी छिन् ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top