१५ माघ, एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सीमा नजिकै ठूलो आतंकबादी हमला हुन सक्ने आशंका ब्यक्त गरेका छन् । ट्रम्पले सामाजिक संजालमा यसबारे पोस्ट गरेका छन् । यो पोस्टमा ट्रम्पले लेखेका छन्, अमेरिका–मेक्सिको बोर्डरमा भइरहेको सम्झौताले विध्वंश निम्त्याउन सक्छ ।
उनले अमेरिकाको दक्षिणी बोर्डरलाई विश्व इतिहासमा सबैभन्दा खराब रहेकोबताउँदै सो क्षेत्रमा ठूलो आतंकबादी हमला हुनसक्ने बताएका हुन् । सोशल मीडिया प्लेटफर्म ट्रुथमा उनले लेखेका छन्, ’तीन वर्ष पहिलेसम्म हाम्रा सीमाहरु अमेरिकाको इतिहासमा सबैभन्दा मजबूत र सुरक्षित थियो । आज भने विध्वंश पर्खिएर बसेको छ । यी विश्वकै इतिहासमा सबैभन्दा खराब सीमाहरु भएका छन् र यो हाम्रालागि खुला घाउजस्तै हो ।
ट्रम्पले लेखेका छन्, ’सिंगो विश्वभरका आतंकबादीहरु हाम्रो देशमा विना कुनै जाँच प्रवेश गरिरहेका छन् । १०० प्रतिशत आशंका छ कि अमेरिकामा सीमा नजिक कुनै ठूलो आतंकी हमला हुनसक्छ ।’ पूर्व राष्ट्रपतिले यस्तो आशंका जनाइरहँदा यता हालका राष्ट्रपति जो बाइडेनले भने यूएस–मेक्सिको बोर्डरका लागि अमेरिकी संसदमा सम्झौताको कुरा गरिरहेका छन् ।
तर ट्रम्पले भने रिपब्लिकन पार्टीका सांसदहरुसंग यस्ता कुनै पनि सहमति, सम्झौतामा सहभागि नहुन अपिल गरिरहेका छन् । उनले भनेका छन्, एक खराब सम्झौताभन्दा कुनै पनि सम्झौता नहुनु ठिक हो । डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रूपले आइरहेका शरणार्थीहरुको मुद्यामा जो बाइडनलाई घेरी रहेका छन् ।
ट्रम्प अमेरिकामा आप्रवासनको विरुद्धमा छन् । उनी त्याहा रहेका अवैध आप्रवासीहरुलाई तत्काल फिर्ता उठाउनुपर्ने पक्षमा छन् । यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पनि अवैध शरणार्थीको मुद्दा सबैभन्दा महत्वपूर्ण हुने ठानिएको छ ।
राष्ट्रपति बाइडेन डेमोक्रेटिक पार्टीबाट आगामी चुनावमा प्रतिस्पर्धी बन्ने छन् भने रिपब्लिकनबाट ट्रम्पले दाबेदारी गरिरहेका छन् । यो दाबेदारीमा ट्रम्पविरुद्ध निक्की हेलीपनि प्रतिस्पर्धामा छिन् भने ट्रम्पविरुद्ध अदालतमा समेत उम्मेदवार बन्न नदिने गरिको मुद्धा विचाराधीन रहेको छ ।