×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

१९ माघ २०८०

१९ माघ, काठमाण्डौ । 
बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा हाल नेपालमा छन् । प्याट्रिक तीन सय ३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा पोखरामा सहभागी हुने क्रममा सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। ‘मूलतः यही कार्य (गोर्खा सैनिकका अन्तिम छनोट)का लागि नेपाल आएको हुँ,’ उनले बिएफबिएस गोर्खा रेडियोलाई भनेका छन् ।

ब्रिटिस सेनामा छनोट भएका नेपालीलाई शपथग्रहण गराएर बेलायतको क्याटरिक भन्ने ठाउँमा लैजाने योजना छ । क्याटरिकमा सैनिक तालिम पार गरेपछि उनीहरूलाई बेलायती सेनाले विभिन्न युनिटमा खटाउनेछ । ‘गोर्खाका कारण बेलायत र नेपालबीचको रणनीतिक साझेदारी, सम्बन्ध, मित्रता अर्थपूर्ण छ,’ उनले भनेका छन्,‘नेपालका राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरू, सेनाको नेतृत्वबीच भेटघाटको अवसर पनि हो । हामी दुई देशबीच ऐतिहासिक सम्बन्ध र मित्रताको बन्धन सुदृढ गर्नेछौँ ।’

Advertisement
Advertisement

भारतले तीन वर्षअघि अग्निपथ योजनाअन्तर्गत चार वर्षका लागि सुरुमा सेनामा भर्ती हुने योजना लागू गरेसँगै भारतीय सेनामा नेपालीको भर्ती बन्द छ । बेलायती सेनामा गोर्खा भर्ती निरन्तर चलिरहेको छ । गोर्खा सैनिक र उनका परिवारलाई के सन्देश छ भन्ने प्रश्नमा जनरल प्याट्रिकले भने, ‘उहाँहरूले के गरिरहनुभएको छ भनेर बुझ्ने र प्रोत्साहन दिन आएको हुँ । गोर्खा ब्रिगेडमा सेवा गर्ने गोर्खाहरूप्रति गहिरो स्नेह र सम्मान छ। उहाँहरूको बफादारी, इमानदारिता, कठोरता व्यावसायिक विशेषता हुन् । ब्रिटिस सेनामा गोर्खाहरूले सेवा गरेका कारण हामी धेरै बलिया छौँ । यो लामो समयसम्म जारी रहोस् भन्ने चाहन्छौँ ।’

जनरल प्याट्रिक आफैँ पनि गोर्खा सैनिकसँग जोडिएका छन् । उनका बुबाले गोर्खा ब्रिगेडको १०औँ गोर्खा राइफल्समा सेवा गरेका थिए । मलायाको विद्रोह र इन्डोनेसियामा बेलायती सेनाका तर्फबाट उनका बुबा खटिएका थिए । उनले बेलायती सेनामा आधुनिकीकरण भइरहेको पनि बताए ।

‘यो दशकको अन्तिमसम्ममा हाम्रो सेना निकै फरक देखिनेछ । त्यसकारण यसवेला भर्ती हुन उत्साहजनक समय हो,’ उनले भने, ‘हामी विश्वभरि परिचालित छौँ । हामीसँग उच्च प्रकारको प्रतिबद्धता छ।’ दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइँ पर्दै आएको छ ।

बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ । बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ ।

हाल तीन हजार ५०० को संख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वाषिर्क रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ । बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकलाई बकिङ्घम राजप्रासादलगायतका महत्वपूर्ण र संवेदनशील स्थानको सुरक्षा जिम्मेवारीमा समावेश गरिँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top