NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

शुक्रबार माघ १९ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१९ माघ, काठमाण्डौ । 
बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा हाल नेपालमा छन् । प्याट्रिक तीन सय ३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा पोखरामा सहभागी हुने क्रममा सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। ‘मूलतः यही कार्य (गोर्खा सैनिकका अन्तिम छनोट)का लागि नेपाल आएको हुँ,’ उनले बिएफबिएस गोर्खा रेडियोलाई भनेका छन् ।

ब्रिटिस सेनामा छनोट भएका नेपालीलाई शपथग्रहण गराएर बेलायतको क्याटरिक भन्ने ठाउँमा लैजाने योजना छ । क्याटरिकमा सैनिक तालिम पार गरेपछि उनीहरूलाई बेलायती सेनाले विभिन्न युनिटमा खटाउनेछ । ‘गोर्खाका कारण बेलायत र नेपालबीचको रणनीतिक साझेदारी, सम्बन्ध, मित्रता अर्थपूर्ण छ,’ उनले भनेका छन्,‘नेपालका राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरू, सेनाको नेतृत्वबीच भेटघाटको अवसर पनि हो । हामी दुई देशबीच ऐतिहासिक सम्बन्ध र मित्रताको बन्धन सुदृढ गर्नेछौँ ।’

भारतले तीन वर्षअघि अग्निपथ योजनाअन्तर्गत चार वर्षका लागि सुरुमा सेनामा भर्ती हुने योजना लागू गरेसँगै भारतीय सेनामा नेपालीको भर्ती बन्द छ । बेलायती सेनामा गोर्खा भर्ती निरन्तर चलिरहेको छ । गोर्खा सैनिक र उनका परिवारलाई के सन्देश छ भन्ने प्रश्नमा जनरल प्याट्रिकले भने, ‘उहाँहरूले के गरिरहनुभएको छ भनेर बुझ्ने र प्रोत्साहन दिन आएको हुँ । गोर्खा ब्रिगेडमा सेवा गर्ने गोर्खाहरूप्रति गहिरो स्नेह र सम्मान छ। उहाँहरूको बफादारी, इमानदारिता, कठोरता व्यावसायिक विशेषता हुन् । ब्रिटिस सेनामा गोर्खाहरूले सेवा गरेका कारण हामी धेरै बलिया छौँ । यो लामो समयसम्म जारी रहोस् भन्ने चाहन्छौँ ।’

जनरल प्याट्रिक आफैँ पनि गोर्खा सैनिकसँग जोडिएका छन् । उनका बुबाले गोर्खा ब्रिगेडको १०औँ गोर्खा राइफल्समा सेवा गरेका थिए । मलायाको विद्रोह र इन्डोनेसियामा बेलायती सेनाका तर्फबाट उनका बुबा खटिएका थिए । उनले बेलायती सेनामा आधुनिकीकरण भइरहेको पनि बताए ।

‘यो दशकको अन्तिमसम्ममा हाम्रो सेना निकै फरक देखिनेछ । त्यसकारण यसवेला भर्ती हुन उत्साहजनक समय हो,’ उनले भने, ‘हामी विश्वभरि परिचालित छौँ । हामीसँग उच्च प्रकारको प्रतिबद्धता छ।’ दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइँ पर्दै आएको छ ।

बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ । बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ ।

हाल तीन हजार ५०० को संख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वाषिर्क रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ । बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकलाई बकिङ्घम राजप्रासादलगायतका महत्वपूर्ण र संवेदनशील स्थानको सुरक्षा जिम्मेवारीमा समावेश गरिँदै आएको छ ।

Tags: # बेलायतका सेनाध्यक्ष नेपालमा

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.