×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टको अन्तर्वार्ताः के भने ?

२७ माघ २०८०

२७ माघ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गरे ।

मस्कोस्थित पुटिन कार्यालयमा भएको अन्तर्वार्तामा पुटिनले खुलेर कुरा गरेका छन् । कुराकानीमा ईसाई मुद्दादेखि एआईसम्म आएका छन् । राजनीतिदेखि भूराजनीतिक तथा भू–अर्थ नीतिका कुरा आएका छन् । दुई घण्टाभन्दा लामो यस अन्तर्वार्तामा रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै उनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

Advertisement
Advertisement

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रसारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहो¥याएका छन् । उनले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गरे ।

उनले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गरेका छन् । पुटिनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहो¥याउँदै रुसले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको दाबी गरे । पुटिनले युक्रेन कृत्रिम देश भएको बताएका छन् ।

प्राचीन समयमा मस्को बाहिर बस्नेलाई दिइने उपमा युक्रेनली लिएर युक्रेन बनेको बताएका उनले युक्रेनको राष्ट्रिय पहिचानको बहस १९औं शताब्दीमा मात्रै सुरु भएको र त्यो सुरु गर्ने श्रेय अष्ट्रियाका सैन्य नेतामा जाने बताए । १ हजार २०० वर्ष पुरानो एकीकृत रुसमा युक्रेन सधैं अभिन्न अंग भएको पुटिनले बताएका छन् ।

सोभियत संघको समयमा युक्रेनलाई स्थानीयतामा अभ्यास गर्न सन् १९९१ मा देशको जस्तो मान्यता दिएको भन्दै उनले युक्रेन देश भए पनि ९० प्रतिशत रुसी भाषीहरु सोभियतकालमै भएको बताए । सोभियत संघताका आफूले युक्रेनको पश्चिम भागमा पुग्दा युक्रेनी बोर्ड र अक्षर नदेखेको तर रुसी र हंगेरी भाषा देखेको भन्दै पुटिनले पश्चिम युक्रेन हंगेरीको भाग लिएर बनेको बताए ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई आफ्नो भाग लिन किन नभनेको भन्ने टकरको प्रश्नमा पुटिनले हंगेरीका जनतामा त्यो जानकारी हुनुपर्ने तर्क गरे । हंगेरीमात्रै होइन पोल्याण्डका भाग पनि अहिलेको युक्रेनमा भएको पुटिनले बताए । अहिलेको युक्रेनको कुनै ऐतिहासिकता नभएको पुटिनले दाबी गरे ।

सोभियत संघका नेताहरुले युक्रेनलाई टर्कीसँगको युद्धपछि पाएको भूमिको रुपमा मात्रै बुझेको पनि पुटिनले तर्क गरे । यस्तै विश्वमा डलर क्रमशः कमजोर बनेको र युआन क्रमशः बलियो भएको पुटिनले बताए । अमेरिकाले आफ्नो हातबाटै डलरको हत्या गर्न लागेको बताएका पुटिनले राजनीतिक हतियारको रुपमा डलरको प्रयोग हुनाले अमेरिकी साझेदार देशहरुले पनि क्रमशः डलरको सञ्चिती कम गर्न थालेको बताए ।

रुसमा सन् २०२२ सम्म ८० प्रतिशत डलर सञ्चिती भएकोमा अहिले घटेर १३ प्रतिशत पुगेको तर युआन ३ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको पुटिनले बताए । यस्तै चीनको बढ्दो आर्थिक प्रभावले रुसी सार्वभौमसत्तामा परेको प्रभावका बारेमा प्रश्न गरेका टकरलाई पुटिनले त्यो बुगिमन तर्क भएको जवाफ दिए ।

उनले चीनसँगको हजारौं किलोमिटरको सिमाना, इतिहासबाट बनेको सम्बन्ध र चीनको शान्तिपूर्ण विदेश नीति भएको भन्दै कुनै असर नगर्ने बताए । चीन रुसको छिमेकी भएको भन्दै पुटिनले भने, ‘जसरी आफन्त छान्न पाइँदैन, त्यसैगरी छिमेकी पनि छान्न पाइँदैन ।’ चीन अमेरिकाको भन्दा ठूलो आयतन भएको अर्थतन्त्र तथा जनसंख्या भएको मुलुक भन्दै पुटिनले चीनको सकरात्मक चर्चा गरे ।

चीनको रुससँग मात्रै नभएर युरोपसँग पनि राम्रो व्यापार सम्बन्ध भएको उनको भनाइ थियो । उनका अनुसार युरोपले आफ्नो आर्थिक समस्या अन्त्य गर्न चिनियाँ बजार खोजिरहेको छ । चिनियाँ राष्ट्रपति सी र पुटिनबीच २०० अर्ब डलरको दुई देशको व्यापार बढाउने सम्झौता भएको थियो । तर, त्योभन्दा धेरै २३० अर्ब डलरको व्यापार भएको पुटिनले बताए ।

चिनियाँ आँकडाहरुमा त त्यो २४० अर्ब डलर भएको समेत पुटिनले बताए । पश्चिमा जगतको संचारमाध्यममा पुटिनका साथै रुसी संचारमाध्यमलाई पनि प्रतिबन्ध लगाइरहँदा अमेरिकाका चर्चित परम्परावादी (कन्सरभेटिभ) पत्रकार टकर काल्र्सन मस्को पुगेर पुटिनको अन्तर्वार्ता लिएका हुन् ।

जसका लागि अमेरिकासहित पश्चिममा निकै आलोचना भइरहेको छ । पुटिनको अन्तर्वार्ता लिएकै कारण उनलाई कारबाही, प्रतिबन्ध गरिनुपर्ने सम्मका आवाजहरु उठेका छन् । हिलरी क्लिन्टनले उनलाई पुटिनको ‘कुकुर’देखि पुटिनले ‘पत्याएको मूर्ख’ भन्दै टिप्पणी गरेकी छन् ।

सन् २०२२ फेब्रुअरीबाट रुसले युक्रेन हमला सुरु गरेपछि पुटिनको अन्तर्वार्ता पश्चिमा मिडियामा आएको छैन । रुसी विश्व च्यानल धेरै देशमा प्रतिबन्धमा परेको छ । जसका कारण रुसी धारणाले स्थान पाएन । अमेरिकी र युक्रेनी धारणामात्रै पश्चिमा मूलधारमा चल्यो ।

यही चिर्न भनेर टकरले पुटिनको अन्तर्वार्ता लिएको तर्क गरेका छन् । यो अन्तर्वार्ता २ घण्टा १७ मिनेट १९ सेकेण्ड लामो छ । अन्तर्वार्ता टकरको आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएको छ । धेरै मिडियामा पुटिनको अन्तर्वार्ता निषेध गरिए पनि एक्सका मालिक एलन मस्कले निषेध नगर्ने वचन दिएको टकरले दुई दिनअगाडि नै सार्वजनिक गरेका थिए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top