NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टको अन्तर्वार्ताः के भने ?

शनिबार माघ २७ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ माघ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गरे ।

मस्कोस्थित पुटिन कार्यालयमा भएको अन्तर्वार्तामा पुटिनले खुलेर कुरा गरेका छन् । कुराकानीमा ईसाई मुद्दादेखि एआईसम्म आएका छन् । राजनीतिदेखि भूराजनीतिक तथा भू–अर्थ नीतिका कुरा आएका छन् । दुई घण्टाभन्दा लामो यस अन्तर्वार्तामा रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै उनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रसारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहो¥याएका छन् । उनले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गरे ।

उनले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गरेका छन् । पुटिनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहो¥याउँदै रुसले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको दाबी गरे । पुटिनले युक्रेन कृत्रिम देश भएको बताएका छन् ।

प्राचीन समयमा मस्को बाहिर बस्नेलाई दिइने उपमा युक्रेनली लिएर युक्रेन बनेको बताएका उनले युक्रेनको राष्ट्रिय पहिचानको बहस १९औं शताब्दीमा मात्रै सुरु भएको र त्यो सुरु गर्ने श्रेय अष्ट्रियाका सैन्य नेतामा जाने बताए । १ हजार २०० वर्ष पुरानो एकीकृत रुसमा युक्रेन सधैं अभिन्न अंग भएको पुटिनले बताएका छन् ।

सोभियत संघको समयमा युक्रेनलाई स्थानीयतामा अभ्यास गर्न सन् १९९१ मा देशको जस्तो मान्यता दिएको भन्दै उनले युक्रेन देश भए पनि ९० प्रतिशत रुसी भाषीहरु सोभियतकालमै भएको बताए । सोभियत संघताका आफूले युक्रेनको पश्चिम भागमा पुग्दा युक्रेनी बोर्ड र अक्षर नदेखेको तर रुसी र हंगेरी भाषा देखेको भन्दै पुटिनले पश्चिम युक्रेन हंगेरीको भाग लिएर बनेको बताए ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई आफ्नो भाग लिन किन नभनेको भन्ने टकरको प्रश्नमा पुटिनले हंगेरीका जनतामा त्यो जानकारी हुनुपर्ने तर्क गरे । हंगेरीमात्रै होइन पोल्याण्डका भाग पनि अहिलेको युक्रेनमा भएको पुटिनले बताए । अहिलेको युक्रेनको कुनै ऐतिहासिकता नभएको पुटिनले दाबी गरे ।

सोभियत संघका नेताहरुले युक्रेनलाई टर्कीसँगको युद्धपछि पाएको भूमिको रुपमा मात्रै बुझेको पनि पुटिनले तर्क गरे । यस्तै विश्वमा डलर क्रमशः कमजोर बनेको र युआन क्रमशः बलियो भएको पुटिनले बताए । अमेरिकाले आफ्नो हातबाटै डलरको हत्या गर्न लागेको बताएका पुटिनले राजनीतिक हतियारको रुपमा डलरको प्रयोग हुनाले अमेरिकी साझेदार देशहरुले पनि क्रमशः डलरको सञ्चिती कम गर्न थालेको बताए ।

रुसमा सन् २०२२ सम्म ८० प्रतिशत डलर सञ्चिती भएकोमा अहिले घटेर १३ प्रतिशत पुगेको तर युआन ३ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको पुटिनले बताए । यस्तै चीनको बढ्दो आर्थिक प्रभावले रुसी सार्वभौमसत्तामा परेको प्रभावका बारेमा प्रश्न गरेका टकरलाई पुटिनले त्यो बुगिमन तर्क भएको जवाफ दिए ।

उनले चीनसँगको हजारौं किलोमिटरको सिमाना, इतिहासबाट बनेको सम्बन्ध र चीनको शान्तिपूर्ण विदेश नीति भएको भन्दै कुनै असर नगर्ने बताए । चीन रुसको छिमेकी भएको भन्दै पुटिनले भने, ‘जसरी आफन्त छान्न पाइँदैन, त्यसैगरी छिमेकी पनि छान्न पाइँदैन ।’ चीन अमेरिकाको भन्दा ठूलो आयतन भएको अर्थतन्त्र तथा जनसंख्या भएको मुलुक भन्दै पुटिनले चीनको सकरात्मक चर्चा गरे ।

चीनको रुससँग मात्रै नभएर युरोपसँग पनि राम्रो व्यापार सम्बन्ध भएको उनको भनाइ थियो । उनका अनुसार युरोपले आफ्नो आर्थिक समस्या अन्त्य गर्न चिनियाँ बजार खोजिरहेको छ । चिनियाँ राष्ट्रपति सी र पुटिनबीच २०० अर्ब डलरको दुई देशको व्यापार बढाउने सम्झौता भएको थियो । तर, त्योभन्दा धेरै २३० अर्ब डलरको व्यापार भएको पुटिनले बताए ।

चिनियाँ आँकडाहरुमा त त्यो २४० अर्ब डलर भएको समेत पुटिनले बताए । पश्चिमा जगतको संचारमाध्यममा पुटिनका साथै रुसी संचारमाध्यमलाई पनि प्रतिबन्ध लगाइरहँदा अमेरिकाका चर्चित परम्परावादी (कन्सरभेटिभ) पत्रकार टकर काल्र्सन मस्को पुगेर पुटिनको अन्तर्वार्ता लिएका हुन् ।

जसका लागि अमेरिकासहित पश्चिममा निकै आलोचना भइरहेको छ । पुटिनको अन्तर्वार्ता लिएकै कारण उनलाई कारबाही, प्रतिबन्ध गरिनुपर्ने सम्मका आवाजहरु उठेका छन् । हिलरी क्लिन्टनले उनलाई पुटिनको ‘कुकुर’देखि पुटिनले ‘पत्याएको मूर्ख’ भन्दै टिप्पणी गरेकी छन् ।

सन् २०२२ फेब्रुअरीबाट रुसले युक्रेन हमला सुरु गरेपछि पुटिनको अन्तर्वार्ता पश्चिमा मिडियामा आएको छैन । रुसी विश्व च्यानल धेरै देशमा प्रतिबन्धमा परेको छ । जसका कारण रुसी धारणाले स्थान पाएन । अमेरिकी र युक्रेनी धारणामात्रै पश्चिमा मूलधारमा चल्यो ।

यही चिर्न भनेर टकरले पुटिनको अन्तर्वार्ता लिएको तर्क गरेका छन् । यो अन्तर्वार्ता २ घण्टा १७ मिनेट १९ सेकेण्ड लामो छ । अन्तर्वार्ता टकरको आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएको छ । धेरै मिडियामा पुटिनको अन्तर्वार्ता निषेध गरिए पनि एक्सका मालिक एलन मस्कले निषेध नगर्ने वचन दिएको टकरले दुई दिनअगाडि नै सार्वजनिक गरेका थिए ।

Tags: #युक्रेन कृत्रिम देश#रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.