×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

२८ माघ २०८०

२८ माघ, एजेन्सी ।

गत वर्ष माल्दिभ्समा भएको राष्ट्रपतीय निर्वाचनमा ‘इन्डिया आउट’ नाराको निकै चर्चा भएको थियो र यो नारा दिने मोहम्मद मुइज्जुले पनि चुनाव जितेका थिए । त्यसयता भारतको माल्दिभ्ससँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको छ । अहिले भारतको अर्को महत्वपूर्ण छिमेकी देश बंगलादेशमा अहिले ‘इन्डिया आउट’ अभियान चलिरहेको छ ।

भारतको भरपर्दो सहयोगी बंगलादेशमा सञ्चालित यस अभियानमा सबै भारतीय सामान बहिष्कार गर्न अपिल गरिएको छ । बेगम खालिदा जियाको बिएनपी र देशका अन्य विपक्षी दलको समर्थनमा भारतविरुद्धको यो अभियान सुरु भएको हो ।

बंगलादेशका विपक्षी दलहरूले भारतले आफ्नो देशको आन्तरिक राजनीतिमा प्रभाव पारेको आरोप लगाउँदै भारतीय उत्पादनको विरोध गरिरहेका छन्। बंगलादेशमा गत महिना भएको आम निर्वाचनमा शेख हसिना लगातार चौथो पटक विजयी भएर प्रधानमन्त्री बनेकी छिन् ।

बंगलादेश नेसनलिस्ट पार्टी र अन्य विपक्षी दलहरूले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको आरोप लगाएका छन्। धेरै सर्वेक्षणहरूले यो पनि देखाउँछन् कि बंगलादेशका जनताले जनवरीको चुनाव निष्पक्ष रूपमा सम्पन्न भएकोमा विश्वास गर्दैनन् र धेरैजसो विपक्षी दलहरूले जनवरीमा भएको चुनाव बहिष्कार गरेका थिए।

बंगलादेशमा प्रजातन्त्रको अवस्थालाई लिएर धेरै देशले चिन्ता व्यक्त गरेका थिए तर भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसको प्रमुख कारण शेख हसिनाको भारतप्रति नरम दृष्टिकोण मानिएको थियो। भारत सरकारले विगतका वर्षहरूमा शेख हसिनासँगको सहकार्यमा धेरै महत्त्वपूर्ण कामहरू गरेको छ। योसँगै चीनले बंगलादेशसँग पनि निकटता बढाउन चाहन्छ ।

भारतीय संचारमाध्यामका अनुशार लोकतन्त्र र मानवअधिकारका मुद्दामा हसिना सरकारको आलोचनाका कारण बंगलादेश चीनसँग नजिक हुने डर थियो। त्यसैले बंगलादेशको चुनावमा भारत मौन बसेको छ । शेख हसिनाले भारतलाई मित्र भनेका छन् भने बंगलादेश नेसनलिस्ट पार्टी जस्ता विपक्षी दलहरूले भारतलाई शंकाको दृष्टिले हेर्छन्।

यस्तो अवस्थामा शेख हसिनाको सत्तामा फर्कनु भारतको दृष्टिकोणबाट राम्रो थियो । बीएनपी लगायत बंगलादेशका विपक्षी दलहरूले ‘इन्डिया आउट’ अभियानलाई समर्थन गरिरहेका छन्। यी दलहरूले हसिनालाई समर्थन गर्दै भारतले बंगलादेशको चुनावमा प्रभाव पारेको आरोप लगाएका छन् ।

बंगलादेशमा बिक्री हुने भारतीय उत्पादन बहिष्कारको आह्वान गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । यो अभियानपछि बंगलादेशको बजारमा भारतीय उपभोग्य वस्तुको बिक्रीमा ह्रास आएको दाबी पनि गरिएको छ ।

तर, सरकारमा शेख हसिनाको उपस्थितिका कारण यो अभियानको प्रभाव खासै नपर्ने बताइएको छ । माल्दिभ्ससँगको सम्बन्धमा टकराब आईरहेका बेला बंगलादेशमा चलिरहेको भारत विरोधी गतिविधिले पक्कै पनि भारतको छिमेकी नीतिप्रति चिन्ता बढाएको छ। भारतको नेपाल, चीन, भुटानसँग सीमा विवाद कायमै छभने । पाकिस्तानसँग सिंगो कश्मिरसहित अनेकौं विषयमा विवाद रहदै आएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top