×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

अमेरिका , इजरेल र इरानाबीच तनाव १२ औं दिन पुग्दा विश्व बजारमा इन्धनको संकट देखिएको छ । मध्यपूर्वको तनावका कारण विश्व बजारमा इन्धनको अभाव देखिएपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ ।

Advertisement
Advertisement

अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ । मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ ।

तेल मूल्यको आकासिएको छ । आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’

आईईएले आपतकालीन भण्डारबाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ । आईईएका सदस्य देशहरूसँग अहिले १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको बताइन्छ ।

त्यसबाहेक उद्योग क्षेत्रमा सरकारी दायित्वअन्तर्गत अतिरिक्त ६० करोड ब्यारेल तेल भण्डार रहेको एजेन्सीले जनाएको छ ।यस निर्णयअन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ । अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।

अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ । ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुनः भण्डारमा भर्ने योजना बनाएको छ ।

सामान्यतया यस्तो भण्डार पुनः भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।

अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार मार्च ६ सम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण रहेको छ, जबकि यसको कुल क्षमता करिब ७० करोड ब्यारेल रहेको छ । विश्लेषकहरूका अनुसार आईईएको यो कदमले विश्व बजारमा तेलको आपूर्ति बढाएर मूल्यवृद्धि केही हदसम्म नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उता इरानसँगको युद्धकाबिच विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूनजिक बुधबार फेरि जहाजमाथि आक्रमण भएको छ । यससँगै बुधबार बिहान मात्रै तीन वटा जलयान प्रक्षेप्य हतियारको निशानामा परेका छन् । बेलायती समुद्री सुरक्षा निकाय संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)का अनुसार एक बल्क क्यारियर जहाज दुबईबाट करिब ५० नटिकल माइल उत्तर–पश्चिम क्षेत्रमा रहँदा अज्ञात प्रक्षेप्य लागेको हो ।

आक्रमण भए पनि जहाजका सबै चालकदल सुरक्षित रहेको र कुनै पर्यावरणीय क्षति नभएको यूकेएमटीओले जनाएको छ । यसअघि बुधबार नै अर्काे मालवाहक जहाज ओमानको मुसन्दम प्रायद्वीपको उत्तरतर्फ करिब ११ नटिकल माइल क्षेत्रमा प्रहार भएपछि आगलागी भएको थियो । सो जहाजमा आगो लागेपछि चालकदललाई सुरक्षित स्थानमा सार्ने काम गरिएको बताइएको छ ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको अर्काे कार्गो जहाज बिहानै निशानामा परेर क्षतिग्रस्त भएको खबर आएको थियो । यूकेएमटीओका अनुसार अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता कम्तीमा १३ वटा जहाजमाथि आक्रमण भइसकेको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने होर्मुज जलडमरू क्षेत्रमा बढ्दो असुरक्षाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।

जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन् । “कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भनेका छन् ।

एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भने, “अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँच हजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताएका थिए । उनले भने, “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सोचेको मूल छ हप्ताको अवधि भन्दा पनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ ।” इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताए ।

“यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,” उनले भनेका छन् । मध्यपूर्वको तनावको असर विश्वभर देखिएको छ । सबैभन्दा ठूलो असर इन्धनमा परेको छ । हाल इरानसँग सम्बन्धित तनाव, तेल पूर्वाधारमा भएका आक्रमण र ढुवानी मार्गमा बढेको सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र उतारचढावमा पुगेको छ।

केही घटनापछि कच्चा तेलको मूल्य १०–१३ प्रतिशतसम्म बढेर करिब ८० डलर प्रति ब्यारेल नजिक पुगेको बताइएको छ। यदि द्वन्द्व अझ बढेमा तेल उत्पादन र निर्यातमा ठूलो अवरोध आउन सक्छ। विश्लेषकहरूका अनुसार सबैभन्दा खराब अवस्थामामा तेलको मूल्य १००–१३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

मध्यपूर्वबाट चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरूमा ठूलो मात्रामा तेल र ग्यास निर्यात हुने भएकाले संकटले विशेषगरी एशियाली अर्थतन्त्रमा असर पार्ने सम्भावना छ।यसका साथै ऊर्जा मूल्य बढेमा यातायात, उद्योग, खाद्य उत्पादन र अन्तर्राष्ट्रिय व्यापार लागत बढ्ने भएकाले विश्वव्यापी महँगी बढ्ने जोखिम पनि रहन्छ।

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top