×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतगणना सकिएसँगै आयोगले दलहरूलाई आजै समानुपातिक उम्मेदवार सिफारिस गर्न पत्राचार गरिने जानकारी दिए।

Advertisement
Advertisement

‘मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न भइसकेपछि निर्वाचन आयोगले अहिले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने काम गरिरहेको छ’, प्रवक्ता भट्टराईले भने, ‘सम्बन्धित दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या यकिन गर्दै उम्मेदवार सिफारिस गर्न दलहरूलाई आजै पत्राचार गरिनेछ ।’

दलहरूबाट उम्मेदवार सिफारिस भएर आयोगमा आएपछि सम्बन्धित क्लष्टर अनुसार कानुन बमोजिम समावेशी भए÷भएको रुजु गरेर समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको अन्तिम सूची तय गरिने आयोगले जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो। समानुपातिकतर्फका ११० सिटका लागि पनि मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ।

त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको सूचना अधिकारी घिमिरे बताए। समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएका छन्। करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ। सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५१ लाख ८१ हजार ३३० मत पाएको छ।

यो ४७ दशमलव ८ प्रतिशत हो। त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत पाएको छ। कांग्रेसले सदर मतको १६ दशमलव २ प्रतिशत हो। नेकपा एमालेले १४ लाख ५५ हजार ६६९ मत पाएको छ। यो १३ दशमलव ४ प्रतिशत हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख ११ हजार ३९३ अर्थात ७ दशमलव ५ प्रतिशत मत पाएको छ।

पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ अर्थात ३ दशमलव ६ प्रतिशत र छैटौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार ६४९ अर्थात ३ दशमलव१ प्रतिशत मत पाएको छ। अन्य दलले ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत पाउन सकेनन्। समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनुपर्छ।

समानुपातिकको मतगणना सकिएसँगै निर्वाचन आयोगले सिट बाँडफाँडमा लागेको छ। अब आयोगले दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि आयोगले समानुपातिक सूचीबाट दलहरूका सांसद निर्वाचित भएको घोषणा गर्नेछ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको पाकिस्तानी राजदूतावासले जनाएको छ । यसअघि ब्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री तथा भुटानी प्रधानमन्त्रीले पनि रवि र बालेनलाई बधाइ दिएका थिए ।

सरकार बन्ने प्रक्रिया भने समानुपातिक सिट बाँडफाँड भएपछि मात्रै सुरु हुन्छ । आयोगले आज सम्बन्धित दलहरूलाई बन्दसूचीमा रहेको उम्मेदवारहरू मध्येबाट कसकसलाई सांसद बनाउने हो, दलसँग नामावली आह्वान गर्नेछ । यसरी नामावली आह्वान गर्दा समावेशी प्रणाली अपनाइन्छ ।

अर्थात्, संवैधानिक व्यवस्थाअनुसार समावेशिताको फर्मुला अनुरूप दलहरूले सांसद बन्न बन्दसूची मध्येबाट उम्मेदवारको नामावली पठाएपछि आयोगले रुजु गर्नेछ । दलले पठाएका नाम ठिक छन् या छैनन् भन्ने कुरा यकिन गरेपछि प्रत्यक्ष तर्फबाट १६५ र समानुपातिकका छानिएका ११० जनाको नामावली आयोगले राष्ट्रपति कार्यालयमा बुझाइन्छ ।

यसरी राष्ट्रपति समक्ष सांसहरुको नामावली पुगेपछि संवैधानिक व्यवस्था अनुसार सरकार बनाउने प्रक्रिया अघि बढ्छ । यसो गर्दा अब करिब एक साता समय लाग्ने बताइएको छ । बालेन र रविले भने सरकार गठनका लागि आन्तरिक छलफल र तयारी सुरु गरेको रास्वपा नेताहरुले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top