×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

२७ फाल्गुन २०८२

२७ फागुन , काठमाण्डौ ।

संघीय सरकारका पूर्वमन्त्री, बैज्ञानिक, नवप्रवर्तन अभियन्ता, अनुशन्धानकर्ता, शिक्षक, ‘रोमन म्यागसेसे पुरस्कार’ विजेता, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, लेखक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनको पछिल्लो समय अर्को पनि परिचय थपिएको छ, सडकमा किताब बेच्ने मान्छे ।

Advertisement
Advertisement

जेन्जी आन्दोलनअघि उनी नेपालका गाउँगाउँ, शहरशहर, पहाडदेखि तराई, सडकमा, चोकमा, हाटबजारमा, कतै आयोजित कार्यक्रमको मञ्चमा पनि किताब बेचिरहेका देखिन्थे । सो क्रममा उनले किताब किन्नेहरुलाई गरेको सम्बोधन, उनी वरिपरी देखिएको भीडदेखि जंगली जनावर, खोला, पोखरीमा भएका जीवलाई किताब किन्न उनले गरेको ठट्यौली आह्वान, उनका गायन, नृत्य, हस्सीमजाक सबै सामाजिक संजालमा भाइरल बनिरहेका थिए ।

उनले आफ्नै किताब बेचेका हुन्, जसको आम्दानी राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनको खर्चमा प्रयोग गरिएको उनले बताउने गरेका छन् । पछि किताब बेचिरहेकै समयमा उनलाई मन्त्रीको प्रस्ताव आयो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्री भएपछि उनको यो काम अवरुद्ध भएको थियो ।

पछि अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुन जन्मथलो म्याग्दीमा चुनाव लड्न गए र भारी मतका साथ जित निकाले । अहिले उनी निर्वाचित सांसद त भए तर सपथ लिन अझै केहीसमय बाँकी छ । अर्थात अहिले उनी फुर्सदमा छन् । तर महावीर पुनका लागि फुर्सद भन्ने शब्द नै छैन ।

उनी सधैं कुनै न कुनै काममा लागिरहेकै भेटिन्छन् । अहिले पनि माननिय भइसक्दा उनी फेरि किताब बेच्न भ्याइनभ्याइको स्थितिमा छन् । हाल उनी पोखराको सडकमा किताब बेचिरहेका देखिन्छन् । किताब बेच्ने क्रममा एक ब्यक्तिसँग महावीरको भनाभन समेत भएको छ । जहाँ पुनमाथि दुव्यवहार गरिएको भन्दै आलोचना समेत भइरहेको छ ।

अहिले पोखरका मेयरले पनि सडकमा किताब बेचेको आपत्ति जनाएका छन् । महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन् । मेयर आचार्यले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन् ।

आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको उच्च प्रशंसा गरेका छन्। तर, सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उनको उचाइलाई नसुहाउने मेयरको भनाइ छ।
’फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईँमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,’ मेयर आचार्यले भनेका छन्। उनले दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा पनि जटिल हुन सक्ने स्मरण गराएका छन् ।

मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा गर्दै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत किताब बेच्न सकिने विकल्प प्रस्तुत गरेका छन् । ’तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ मेयरले भनेका छन्, ’यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।’

यसले अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उनको विश्वास छ । यता स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।”

पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।

स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्किएका हुन् । निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताएका छन् ।

सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बनेका थिए । अहिले पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन् ।

वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि रिक्त हुने पदमा कार्कीलाई ल्याउनुपर्ने उनको भनाई छ । पुनले भनेका छन, ‘देश अस्तव्यस्त र सङ्कटपूर्ण अवस्थामा रहेको बेला उहाँले कुशल नेतृत्व सम्हाल्नुभएको थियो । धेरैले आशङ्का गरे पनि उहाँले सफलतापूर्वक निर्वाचन गराएर देखाउनुभयो ।उहाँको त्यस्तो साहस र नेतृत्वलाई कदर गर्दै अब राष्ट्रपति पदमा उहाँजस्तो योग्य व्यक्तिलाई मनोनयन गर्नु उचित हुन्छ ।

मन्त्री पदमा रहँदा स्वार्थ समूहको दबाब र राजनीतिक हस्तक्षेपका कारण सोचेजस्तो काम गर्न नसकेपछि उनी जनताको साथ खोज्दै जन्मथलो फर्किएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका पुनको यो जितले नेपाली राजनीतिमा केवल पैसा, पावर र सङ्गठनले मात्र चुनाव जितिन्छ भन्ने भ्रमलाई चिरेको छ ।

पुनको चुनावी शैली अन्य नेताहरूको भन्दा बिल्कुलै भिन्न र सादगीपूर्ण थियो । उनले भड्किलो प्रचारप्रसार नगरी मतदातासँग अनौपचारिक संवाद र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका थिए । उनले चुनाव लड्न मतदाताबाटै आर्थिक सहयोग संकलन गरेका थिए । जितपछि पनि उनले विजय उत्सव वा तडकभडक नगर्न समर्थकहरूलाई आग्रह गर्दै सादगीपनको अर्को उदाहरण पेश गरेका छन् ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पुनले दुई दशकअघि नै म्याग्दीका गाउँगाउँमा ताररहित इन्टरनेट (वाइफाइ) पु¥याएर विश्वकै ध्यान खिचेका थिए। सूचना प्रविधि, शिक्षा र ग्रामीण पर्यटनमा उनले पु¥याएको योगदानकै कारण सन् २००७ मा उनले एसियाको नोबेल पुरस्कार मानिने ‘म्यागासेसे पुरस्कार’ पाएका थिए।

उनले व्यक्तिगत जग्गा जमिन बिक्री गरेर र आफ्नै जीवनकथाको पुस्तक बेचेर आएको करोडौँ रकम आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा लगाएका छन् । प्रतिनिधिसभामा अब उनी एक मात्र दलविहीन सांसदका रूपमा उपस्थित हुनेछन्।

निर्वाचित भएपछि पुनले विद्यालय र विश्वविद्यालयमा व्याप्त राजनीतीकरण अन्त्य गर्ने र प्राविधिक शिक्षाको सुधारका लागि नीति निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्। म्याग्देली जनताले दिएको यो जनमतले अबको राजनीति निष्ठा र कामको आधारमा हुनुपर्छ भन्ने बलियो सन्देश दिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top