ललितानिवासको फैसला आज,दोषी देखिए गच्छदार जेल

२ फागुन ८०, बिहीबार

३ फागुन , काठमाण्डौ । 
ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीको भनाइ छ ।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ गते दायर गरेको रिटमा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया र जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो ।

सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको अभियोगमा दाबी गरिएको छ । सरकारले अधिग्रहण गरेको सो जग्गा समेत जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेर राणाका सन्तानले ०४९ मा फिर्ता लिएको र भूमाफियाको चलखेलमा ०६२, ०६७ र ०६९ सालमा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता गरिएको अभियोग छ ।

प्रधानमन्त्रीको सरकारी निवास विस्तारका नाममा ०६६ चैत २९ र ०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक सम्पत्ति र राजकुलोको जग्गा समेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरिएको अभियोगमा उल्लेख छ ।

नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ । उक्त जग्गा व्यक्तिका नाममा सार्न संगठित रूपमा किर्ते गरिएको मुद्दा समेत काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top