×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

जब म्युनिखमा जयशंकर र वाङ यी आमनेसामेन भए

६ फाल्गुन २०८०

६ फागुन ,एजेन्सी ।

नेपालका सीमा जोडिएका दुई छिमेकी शक्तिराष्ट्र भारत र चीनबीचको तिक्तता जगजाहेर नै छ । दिनहुँ जसो यी दुई मुलुकका सीमामा तनाव देखिने गरेको छ । यसबीच हालै जर्मनीमा जब भारतका विदेशमन्त्री जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी आमने सामने भए,यसले धेरैको ध्यान खिचेको छ ।

Advertisement
Advertisement

जर्मनीको म्यूनिख सुरक्षा सम्मेलनका क्रममा सभाहल भित्रै दुई नेताबीच अनौपचारिक जम्काभेट भएको हो । जयशंकर र वाङसहितका नेताहरु यतिबेला म्यूनिखमा छन् । जहाँ फेब्रुअरी १६ देखि आजसम्म ६० औं म्यूनिख सुरक्षा सम्मेलन चलिरहेको छ । सम्मेलन अन्तर्गत नै शनिवार जयशंकर र वांग यीबीच संक्षिप्त वार्ता भएको हो ।

दुवै नेताहरुलाई त्यतिबेला संगै देखिएको हो जतिबेला वाङ यी मञ्चतर्फ गइरहेका थिए । जयशंकर भने मञ्चमा नै रहेका थिए । जयशंकरले गत महिनामात्रै आईआईएम मुंबईको एक कार्यक्रममा आफ्नो पुस्तक ’व्हाई भारत म्याटर्स’ का बारेमा भनेका थिए कि, वैश्विक राजनीति एक प्रतिस्पर्धात्मक खेल हो र चीनसंग भारत डराउन पर्दैैन ।

उनले सो बेला थप भनेका थिए, गुनासो गर्नुको साटो बेजिंगभन्दा राम्रो गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ । उनले भनेका थिए, चीन एक ’प्रमुख अर्थव्यवस्था’ भएको नाताले आफ्नो संसाधनहरुको प्रयोग गर्छ र प्रतिस्पर्धी राजनीतिको हिस्साको रुपमा चिजहरुलाई आफ्नो तवरले आकार दिने प्रयास गर्दछ ।

’चीन पनि एक छिमेकी मुलुक हो र कयौँ मामिलामा उ प्रतिस्पर्धी राजनीतिको हिस्साका रुपमा यसलाई प्रभावित गर्छ । मलाई लाग्दैन कि हामीले चीनसंग डराउनु पर्छ । मलाई लाग्छ कि हामीले भन्नु पर्छ कि ठीक छ, वैश्विक राजनीति एक प्रतिस्पर्धी खेल हो । तपाइँ आफ्नो गर्नुस र म आफ्नो गर्छु ।

एक महिनाअघिको उनको यो बयान पछि अहिले वाङ यीसंग भेट भएको हो । यसका साथै जयशंकरले शनिवार नर्वेका आफ्ना समकक्ष एस्पेन बर्थ ईडेसंग पनि छलफल गरे । उनी ’विश्व मित्रः ब्रिजिंग द डिभाइड’ को एक सत्रमा पनि सहभागी भए । जसलाई नयाँ दिल्ली स्थित थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेशन (ओआरएफ) द्वारा होस्ट गरिएको थियो ।

Advertisement

यस्तै चिनियाँ विदेशमन्त्रीले पनि शुक्रबार म्यूनिख सुरक्षा सम्मेलनका दौरान अमेरिकी विदेश मंत्री एन्टोनी ब्लिंकेनसंग स्पष्ट एवं रचनात्मक छलफल गरेको खबरहरुमा उल्लेख छ । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरका अनुसार दुवै नेताहरुकाबीच द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाहरुमा कुराकानी भएको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top