×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सेन्ट जुलियन स्कुलले मनायो १५ औं वार्षिक उत्सव

१३ फाल्गुन २०८०

१३ फागुन , काठमाण्डौ ।
काठमाडौंको चावहिलमा अवस्थित सेन्ट जुलियन इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार चावहिलस्थित एक पार्टी प्यालेसमा ९ सयभन्दा बढी अभिभावकहरुको उपस्थितिमा विद्यालयले वार्षिक उत्सव मनाएको हो ।

 

Advertisement
Advertisement

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक समेत रहेका सुजन बरालले विद्यालयले बालबालिकाले अभिभावकको गरिबीकै कारण पढाइबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्दै आएको बताए । उनले गरिबीकै कारण बोर्डिङ स्कुल पढ्न नसक्नेहरुका लागि पचास प्रतिशत शुल्कमै अध्ययन अध्यापन गराउँदै आएको बताए ।

बरालले बोर्डिङ स्कुललाई अंग्रेजी मैत्रीकै रुपमा मात्रै चिनिने गरिएकोमा यस विद्यालयले नेपाली विषयलाई समेत त्यतिनै महत्व दिएर पठनपाठन सुरुवात गरेको जानकारी दिए । उनले आफूले सदैव विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले वर्तमान अवस्थामा निजी विद्यालयलहरुले नेपालको शैक्षिक उन्नयनमा खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । उनले विद्यालयको संरक्षणका लागि आफूसँधै विद्यालय परिवारकै साथमा रहने प्रतिवद्धता जनाए ।

प्रधानाध्यापक सुरेन्द्र मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई सम्मान समेत गरिएको प्रधानाध्यापक मगरले जानकारी दिए ।

कार्यक्रममा स्थानीय सरस्वती सुधार संघ, रुम्जाटार गुरुङ समाज, स्थानीय बुद्धिजिवी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सेन्ट जुलियन स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म २ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top