सामसङको ’ग्यालेक्सी रिंग’

सामसङको ’ग्यालेक्सी रिंग’

१५ फागुन, एजेन्सी । 

दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक गरेको छ ।

स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसका क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो ।

सामसङका सर्कुलर सह–संस्थापक तथा सिइओ अमाउरी कोसमनले सामसङ ग्यालेक्सी रिंग यसै वर्षको अन्त्यमा बजारमा आउने जानकारी गराए ।

औँठीमा रहेको सेन्सरले औँठी लगाउनेहरुको हृदयको गति, चाल र श्वासप्रश्वास पनि मापन गर्नेछ । जसका कारण स्वास्थ्य र निद्राको ढाँचालाई मापन गर्न सहयोग पुग्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.